26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियसंगीतकर्मीलाई नातिकाजी सम्मान र पुरस्कार « News of Nepal

संगीतकर्मीलाई नातिकाजी सम्मान र पुरस्कार « News of Nepal


संगीतकर्मीलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।
बुधबार नातिकाजी स्मृति समाजद्वारा राष्ट्रपति भवन महाराजगञ्जमा आयोजित नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार कार्यक्रम–२०८० मा राष्ट्रपति पौडेलले विभिन्न संगीतकर्मीलाई सम्मान र पुरस्कार प्रदान गरेका हुन्।

समाजका अध्यक्ष शम्भुजित बास्कोटाको स्वागत मन्तव्यबाट शुरू भएको समारोहमा राष्ट्रपति पौडेलले लोकगायक बमबहादुर कार्की, सञ्चारकर्मी तथा प्रस्तोता धन लामा, फिल्मकर्मी प्रकाश सायमी, लेखक बिमल भौकाजी, गीतकार बुद्धबिर लामा र किरण क्रोधी, गायक दिवाकर खड्का र यशोदा पराजुलीलाई नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मानबाट सम्मानित गरे।

समारोहमा नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कारबाट रेकर्डिस्ट भोला पौडेल, गायक डेभिड शंकर, गायिका स्मिता दाहाल र संगीतकार कल्याण सिंह पुरस्कृत गरिएको छ भने नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कारबाट शास्त्रीय संगीत गायक डा. रमेश पोखरेललाई पुरस्कृत गरियो। त्यसै गरी नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कारबाट लोक गायक रामप्रसाद अवस्थी, शुष्मा शाही ठकुरी र कृष्ण बिकलाई पुरस्कृत गरिएको छ भने नातिकाजी राष्ट्रिय संगीत पुरस्कारबाट गीतकार बि. पाण्डे, गायक हिमाल सागर, गायिका बिन्दु परियार, संगीतकार आशिष अविरल र एरेन्जर सम्राट थापा पुरस्कृत गरिएको छ।

त्यस्तै नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सुकृत नेपाल र सुशील अर्याल, नातिकाजी राष्ट्रिय योगदान सम्मानबाट संगीत साधक अमिर सुनार, शन्तबहादुर गिरी र संगीत साधना प्रतिष्ठान नेपाल इटहरीबाट अर्जुन केसीलाई सम्मानित गरिएको छ। डा. घनश्याम खतिवडाद्वारा सञ्चालित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि पाण्डेले सरकारले गर्नुपर्ने सम्मान स्मृति समाजले गरेकोमा धन्यवाद दिए।

- Advertisement -




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments