25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishश्रीमतीसँग झगडा परेपछि घरबाटै हराएका महर्जन १७ दिनपछि जङ्गलमा मृत भेटिए

श्रीमतीसँग झगडा परेपछि घरबाटै हराएका महर्जन १७ दिनपछि जङ्गलमा मृत भेटिए

काठमाडौंको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीका ५८ वर्षीय कान्छा महर्जन घरबाट हराएको १७ दिनपछि आज शिवपुरी जङ्गलमा मृत भेटिएका छन्।

उनी यही फागुन १० गते घरबाटै हराएकामा खोजतलासका क्रममा मंगलबार तारकेश्वर नगरपालिका–३  पाँचमानेस्थित शिवपुरी जङ्गलमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।

उनी श्रीमतीसँग झगडा परेपछि घरबाट हराएका जानकारीप्राप्त भएको र घटनाको अनुसन्धान थालिएको उनले जनाए।

प्रहरी उपरीक्षक बोहराले शव मुचुल्का उठाएर परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पठाइएको बताए।

- Advertisement -

मृत्युको कारण भने नखुलेको पनि उनले जनाए।

यस्तै, तार्केश्वर नगरपालिका–१० मनमैजु फूलबारी टोल बस्ने गोरखा धार्चे गाउँपालिका–४ घर भएकी ६५ वर्षीया बिसानी गुरूङ आफ्नै कोठामा आजै मृतावस्थामा फेला परेकी प्रहरीले जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०८१ २२:२९ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments