25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियशिक्षामन्त्री भट्टराईको राजीनामा स्वीकृत नगर्न सूर्य थापाको आग्रह

शिक्षामन्त्री भट्टराईको राजीनामा स्वीकृत नगर्न सूर्य थापाको आग्रह


नेकपा (एमाले) का नेता एवम् प्रतिनिधि सभा सदस्य सूर्य थापाले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा स्वीकृत नगर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।

सोमबार साँझ सामाजिक सञ्जालमा लेख्दै थापाले संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि भइरहेको छलफल तालुकदार मन्त्रीबिना अघि बढ्न नसक्ने भन्दै राजीनामा स्वीकृत नगर्न आग्रह गरेका छन्।

‘शिक्षामन्त्री विद्या भट्टराईले आज पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक हो’ उनले लेखेका छन्, ‘उहाँले राजीनामा दिनु जरूरी नै थिएन। मेरो सुझाव छ( उहाँको राजीनामा स्वीकृत नगरियोस्, ताकि संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि ११० दफासम्म पुगेको छलफल यही रफ्तारमा अघि  बढ्नरबढाउन सम्भव हुनेछ!’

- Advertisement -

थापा अगाडि लेख्छन्, ‘मेरो बुझाइ र विश्लेषणमा विद्यालय शिक्षा विधेयक पारित हुन अब केही महिना ढिलो हुने स्थिति सिर्जना भयो। प्रधानमन्त्रीज्यूले वैशाख २३ गते प्रतिनिधिसभामा टेबुल हुने दिन नै तोकेर शिक्षक नेतारूलाई स्पष्ट भन्नुभएको थियो।उहाँहरूले सडक प्रदर्शनी जारी राख्नुभएको देखियो। र, घटनाक्रम शिक्षामन्त्रीको राजीनामासम्म पुगेको छ। बैशाख २३ वा बजेटअघिको निकट मितिमा सम्बन्धित संसदीय समितिलाई विधेयकमाथिको सम्पूर्ण काम पूरा गर्न अब संभव नहुने स्थिति सिर्जना भयो कि?’

जुनसुकै विधेयकमाथिको छलफल अघि बढ्न सम्बन्धित मन्त्रालयका मन्त्री र अधिकारीहरूको उपस्थिति अनिवार्य हुन्छ भन्दै उनले नयाँ मन्त्रीले विधेयकको समग्र विषयवस्तु बुझ्न र समितिमा हुने दफावार छलफलमा सहभागी हुन केही समय लाग्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments