29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियशिक्षकले हामीलाई खेदेका होइनन्, ताली बजाएर स्वागत गरेका हुन् : माधव नेपाल...

शिक्षकले हामीलाई खेदेका होइनन्, ताली बजाएर स्वागत गरेका हुन् : माधव नेपाल RD Creation


काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले शिक्षक आन्दोलनमा आफूहरूलाई ताली र नारासहित स्वागत गरिएको दाबी गरेका छन्।

सामाजिक सञ्जाल र मिडियामा शिक्षकहरूले आफूलाई खेदेको भन्ने समाचार आएपछि यसको खण्डन गर्दै उनले भ्रम फैलाउन खोजिएको जिकिर गरे। सोमबार काठमाडौंको बिजुली बजारमा २७ दिनदेखि आन्दोलनरत शिक्षकहरूसँग ऐक्यबद्धता जनाउन पुगेका नेपालले शिक्षकहरूको जायज माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेका छन्।

‘शिक्षकहरूले हामीलाई भव्य स्वागत गरे। ताली बजाएर, नारा लगाएर हौसला प्रदान गरे,’ उनले भने, ‘सामाजिक सञ्जाल र मिडियामा आए जस्तो शिक्षकहरूले हामीलाई खेदेका होइनन्, ताली बजाएर स्वागत गरेका हुन्।’ नेपालले शिक्षकहरूको मागप्रति आफ्नो पार्टीको पूर्ण समर्थन रहेको उल्लेख गर्दै सरकारले यथाशीघ्र समाधान खोज्नुपर्ने उनको भनाइ थियो।

- Advertisement -

उनले आन्दोलनप्रति एक्यबद्धता जनाउन आफूहरू बिजुली बजार पुगेको स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments