23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishवन समितिका सचिवबाटै वन फडानी, नक्कली कागजात बनाएको आरोपमा पक्राउ

वन समितिका सचिवबाटै वन फडानी, नक्कली कागजात बनाएको आरोपमा पक्राउ

अछाम जिल्लाको कमलबजार नगरपालिका–५ स्थित पाँचुल्ली चैतेपातल सामुदायिक वन समितिको कीर्ते कागजात बनाएर फडानी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सो वन समितिका सचिव छत्रराज तिमल्सेना रहेका छन्। उनले पाँचुल्ली चैतेपातल सामुदायिक वन उपभोक्ता समितिको नाममा नक्कली कागजात बनाई वन डिभिजन कार्यालय मङ्गलसेनबाट चोत्रो (डाँठ, पात, बोक्रा) पैदावार बिक्री गर्ने अनुमति लिएर फडानी गरेको डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्याले जानकारी दिए।  

उनले पक्राउ परेका तिमल्सेनालाई डिभिजन वन कार्यालयको पत्रका आधारमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धानको प्रक्रिया अगाडि बढिसकेको उल्लेख गरेका छन्। वन ऐन, २०७६ अनुसार दुई लाख रुपैयाँभन्दा बढी बिगो भएको र एक वर्षभन्दा बढी कैद हुने अवस्थाका मुद्दा अदालतमा जाने र अन्य मुद्दा वन डिभिजनले नै हेर्ने कानुनी व्यवस्था रहेको छ।

सामुदायिक वनबाट चार हजार किलो चोत्रो (डाँठ, पात, बोक्रा) फडानी गरिएको छ। चोत्रो (डाँठ, पात, बोक्रा)को प्रतिकिलो १० रुपैयाँ बिगो हुने भएकाले ४० हजार रुपैयाँ जरिवाना हुने र अनुसन्धानमा केही थप देखिएमा सोही दफाअनुसार कारबाही हुने पाध्यायको भनाइ छ। नक्कली कागजात तयार पारेर वन पैदावरको अनुमति लिनका लागि अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान भइरहेको जनाइएको छ। रासस

- Advertisement -

प्रकाशित: २६ चैत्र २०८१ ११:०९ मंगलबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments