26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishलण्डन आएर वनमन्त्री शाहीले भने : जलवायु परिवर्तनले नेपाल अप्ठ्यारोमा

लण्डन आएर वनमन्त्री शाहीले भने : जलवायु परिवर्तनले नेपाल अप्ठ्यारोमा

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परितर्वनका कारण नेपाल अप्ठ्यारो अवस्थामा पुग्न लागेको बताएका छन्।

नेपाली दूतावास लण्डनले शुक्रबार साँझ उनको सम्मानमा आयोजित एक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आगामी दिनमा विश्वपरिवेशमा जलवायु परिवर्तनले देखिएको जटिलताले नेपालमा समेत प्रभाव पार्दै गएको बताए।

उनले भने, ‘जलवायु परिवर्तनका कारणले नेपालका हिमालहरू पग्लेका छन्। यसका कारणले कृषि, पर्यटन लगायत मानिसहरूको जनजीवन प्रभावित भएको छ। नेपाल अत्यन्त अप्ठ्यारोमा परेको छ।’

उनले बेलायत सरकारले गर्दै आएको आर्थिक सहयोग आगामी दिनमा नियमति रूपमा हुने विश्वास समेत व्यक्त गरेका छन्।

- Advertisement -

जल सुरक्षा जलवायु, प्रकृति र विकासको अन्तरसम्बधमा हुने मन्त्रिस्तरीय कार्यक्रममा सहभागी हुन आएका मन्त्री शाहीले नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकारको पहलमा देश विकास मार्फत समृद्धिको लागि अघि बढेको बताए।

उनले विदेशमा रहेका नेपालीहरूले नेपालको लागि गरेको योगदानको प्रशंसा गर्दै सरकारले ल्याएको नयाँ अध्यादेशले नेपालमा विदेशी लगानी लगायतका क्षेत्रमा रहेका कानुनी जटिलता हटाएर सहज बनाएको जिकिर गरे। 

मन्त्री शाहीले नेपाल र बेलायतबीचको सम्बन्धको बारेमा चर्चा गर्दै गोर्खा सैनिकहरूको कारणले दुई मुलुकको सम्बन्ध ऐतिहासिक रहेको बताउँदै आगामी दिनमा झन् प्रगाढ बन्ने विश्वास व्यक्त गरे। उनले ब्रिटिश गोर्खाहरूको सम्बन्ध निरन्तर रहने बताए।

नेपाली दूतावास लण्डनका उपप्रमुख विपिन दुवाडी लगायत नेपाली समुदायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको सो कार्यक्रमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले मन्त्री शाहीको बेलायत भ्रमण फलदायी रहेको बताए। उनले नेपाल बेलायतबीचको सम्बन्ध अन्त्यन्त ऐतिहासिक, महत्वपूर्ण र बहुपक्षीय सम्बन्ध रहेको उल्लेख गरे। उनले बेलायतसँगको सम्बन्ध धेरै नै महत्वपूर्ण रहेको पनि बताए। दुवाडीले दुई देशबीचको सम्बन्ध बलियो बनाउन गोर्खाहरूको बहादुरी र बलिदानको योगदान रहेको पनि जिकिर गरे। 

मन्त्री शाहीले बिहीबार साँझ बकिङ्गघम दरबारमा राजा चार्ल्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी भएका थिए। उनी आज (शनिबार) विहान नेपाली फर्किने कार्यक्रम तय भएको छ।

प्रकाशित: २ चैत्र २०८१ ०८:१८ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments