23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishराष्ट्रिय फुटबल खेलाडी चेम्जोङ गृह जिल्लामा सम्मानित

राष्ट्रिय फुटबल खेलाडी चेम्जोङ गृह जिल्लामा सम्मानित

पाँचथर । अन्डर–१९ नेपाली राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छीन्।

फुटबल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै चेम्जोङलाई पाँचथर गोल्डकपको पाँचौ संस्करण आयोजक पाँचथर क्लबले बिहीबार सम्मान गरेको हो। चेम्जोङ फाल्गुनन्द गाउँपालिका निवासी हुन ।
पाँचथर क्लबले अन्डर–१९ राष्ट्रिय फुटबल खेलाडी चेम्जोङलाइ पाँचौ पाँचथर गोल्डकपको अन्तिीम सेमीफाइनलको दिन नगद ४० हजारसहित सम्मान गरिएको हो । गत फाल्गुन दोस्रो साता सम्पन्न भएको प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता पाँचथरमा फाइनल सम्म पु्याउन उनको ठुलो योगदान रहेको थियो ।
चेम्जोङ महिला राष्ट्रिय टिममा डेब्यू गर्ने पाँचथरको पहिलो खेलाडी हुन्। उनले अन्डर–१५ साफ च्याम्पियन सिपमा भुटान सँग खेल्दै राष्ट्रिय टिमबाट डेब्यू गरेकी थिइन।

चेम्जोङले यसवर्ष सम्पन्न भएको महिला लिगमा सङकटा फुटबल क्लबबाट लिग खेलेको थिइन।् ।
चेम्जोङले उमेर समूहअन्तर्गत अन्डर–१५ र अन्डर–१७ बाट खेलिसकेकी छन्। चेम्जोङ सहितको नेपाली टिमले सन् २०२२मा भएको अन्डर–१५ साफ च्याम्पियन प्रतियोगिताको उपाधि जितेको थियो ।



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments