25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियराप्ती नदीमा गोहीको अण्डा संकलन सुरु RD Creation

राप्ती नदीमा गोहीको अण्डा संकलन सुरु RD Creation


काठमाडौँ : चितवन राष्ट्रिय निकुञ्जले आजदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु गरेको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार १८ वटा गुँड पहिचान गरिएको छ र ती गुँडबाट अण्डा सङ्कलन सुरु भएको हो।

राप्ती नदी क्षेत्रमा गत चैत १ देखि गुँड खोजी सुरु गरिएको थियो। भेटिएका गुँडबाट अण्डा सङ्कलन सुरु भएको उनको भनाइ छ। वैशाख १० सम्म निकुञ्जले राप्ती नदीमा गुँड खोजी गरेको थियो।

गत वर्ष राप्ती नदीमा भेटिएका १६ वटा गुँडमध्ये आठवटाबाट अण्डा निकालिएको थियो। यस वर्ष दुई सयभन्दा बढी अण्डा सङ्कलन हुने अनुमान गरिएको उनले बताए। यस वर्ष राप्ती नदीको पूर्वी भागबाट अण्डा सङ्कलन सुरु गरिएको छ। गत वर्ष २४७ अण्डा सङ्कलन गरी कोरलिएको थियो। उनले भने, ‘अहिले गुँड धेरै भेटिएकाले यस वर्ष धेरै गुँडको अण्डा निकालिने अनुमान गरेका छौँ।’

निकुञ्जले गोही प्रजनन केन्द्र स्थापना गरी नदी किनारका जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा कोरल्ने गरेको छ। कोरलिएका बच्चा हुर्काएर विभिन्न नदीमा छोड्ने गरिएको छ।

- Advertisement -

यहाँ हुर्किएका घडियाल गोही नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिएको छ। पछिल्लो समय राप्ती र नारायणी नदीमा मात्र छाड्ने गरिएको छ। सन् १९७८ मा प्रजनन केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ देखि नदीमा छोड्न थालिएको हो। रासस


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments