23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठराजधानी केन्द्रित आन्दोलन गर्दै जनमोर्चा  « News of Nepal

राजधानी केन्द्रित आन्दोलन गर्दै जनमोर्चा  « News of Nepal

नवलपरासी। 

राष्ट्रिय जनमाेर्चाले आगामी चैत २४ देखि ३० गते सम्म संघीयता विरुद्ध राजधानी केन्द्रित आन्दाेलनका लागि जिल्ला जिल्लामा तयारी गरेको छ ।

संघीयता बिराेधी आन्दाेलन सफल पार्ने याेजना अनुरूप राष्ट्रिय जनमोर्चा नवलपुरले सदरमुकाम कावासोतीमा पत्रकार सम्मेलन गर्दै ११ बुँदे कार्य तालिका सार्वजनिक गरेको छ ।

राष्ट्रिय जनमाेर्चाले माघ १४ देखि २२ सम्म पालिका स्तरीय कार्यकर्ता भेला सम्पन्न गरेको जनाएको छ ।

- Advertisement -

त्यसैगरी  वाल पेन्टिङ,सदरमुकाम केन्द्रित अन्तरक्रिया, जिल्ला प्रशासनमा ज्ञापनपत्र,पैदल,माेटरसाईकल तथा सिठ्ठी जुलुस, माईकिङ र संघियता मृत घाेषणा गर्दै मुख्य बजार क्षेत्रमा शंखध्वनी गर्ने जनमोर्चा नवलपुरले कार्यक्रम तय गरेको छ ।

त्यसैगरी  आन्दोलन सफल बनाउन जन भेटघाट,स्वैच्छिक अर्थ संकलन गर्दै राजधानी केन्द्रित आन्दोलनका लागि चैत  १४ देखि २३ सम्ममा काठमाडौँ पुग्ने तयारीमा लागेकाे राष्ट्रिय जनमोर्चा नवलपुर अध्यक्ष गिर बहादुर महताराले प्रेस बिज्ञप्ती मार्फत जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य दिपक पाण्डे,भागिरथ भट्टराई, प्रभास प्रतिनिधि,जिल्ला पदाधिकारी लगायत नेता कार्यकर्ताकाे उपस्थित रहेकाे थियाे ।

संघीयता जन अपेक्षा बिपरित निहित स्वार्थबस बिदेशीकाे जाेडबलमा लादिएकाे शासन पद्धति भएकाे र यसलाई देशले धान्नै नसक्ने हुँदा यस्काे बिरूद्धमा आफ्नाे पार्टी उभिदै आएकाे गैडाकाेटका चन्द्र सापकाेटाले बताए ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments