20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियमोटरसाइकलबाट लडेर महिलाको मृत्यु, चालक फरार

मोटरसाइकलबाट लडेर महिलाको मृत्यु, चालक फरार


काठमाडौं : रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ परसपुरवास्थित सडकमा मोटरसाइलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

युपि जेड ०३८८ नम्बरको मोटरसाइकलबाट खसेर सवार भारत कोहारगड्डी टोला बस्ने ६५ वर्षीय राजवन्ती मल्लाहको मृत्यु भएको हो । दुर्घटना गम्भीर घाइते भएकी उनको सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

मोटरसाइकल चालक भने फरार छन् । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो

+1

0

+1

0

+1

0

+1

0

+1

0

+1

0

Facebook Twitter Email




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments