20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियमातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो RD Creation

मातातीर्थमा बिहानैदेखि दर्शन गर्ने भक्तजनको घुइँचो RD Creation


काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ।

प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औंसीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औंसीमा चन्द्रागिरि नगरपालिका-६ स्थित मातातीर्थ कुण्डमा स्नान तथा आमाको प्रतिमाको दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ। भक्तजन अघिल्लो दिन साँझदेखि आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन्।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले भक्तजनलाई व्यवस्थित रूपमा कुण्डमा स्नान गर्ने व्यवस्था मिलाइएको जानकारी दिए। मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवंगत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रहेकाले भक्तजन यहाँ आउने गरेका उनले बताए।

- Advertisement -

आज मातातीर्थ औंसीलाई आमाको मुख हेर्ने पर्वका रूपमा देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ। शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा आमाबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने गरिएको अध्यक्ष उदासले बताए।

छोराछोरी आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा दिने, मीठामीठा, तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उहाँले गरेका महान् एवम् कष्टकर काम सम्झने गर्दछन्।

मातातीर्थ मेलाका अवसरमा आज चन्द्रागिरि नगरपालिकाले नगरभित्र सार्वजनिक बिदासमेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments