25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियमाओवादी सरकार-शिक्षक वार्ता भाँड्न चाहन्छ : महेश बर्तौला RD Creation

माओवादी सरकार-शिक्षक वार्ता भाँड्न चाहन्छ : महेश बर्तौला RD Creation


काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र शिक्षक र सरकारबीच हुन लागेको वार्ता भाँड्न उद्धत रहेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकपछि संसद् बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘प्रमुख प्रतिपक्षी दलको अभिव्यक्तिबाट उहाँहरू सरकारसँगको वार्ता संसद्‍मार्फत् भाँड्न चाहनुहुन्छ भन्ने पुष्टि हुन्छ ।’

‘सरकार समस्या समाधानका लागि वार्ता गर्न तयार हुने, विषयवस्तु छिटो हल गर्न मेहनत गर्ने, अनि उहाँहरू मन्त्री किन संसद्‍मा हाम्रो प्रस्तावमा छलफल गर्न आएन भनेर भ्रम छर्न खोज्ने,’ उनले भने, ‘निष्कर्ष उन्मुख बनेको वार्ताको वातावरणलाई संसद्‍ भित्र ल्याएर राजनीति गर्न खोज्ने उहाँहरूको प्रयत्नप्रति हामी दुःख व्यक्त गर्न चाहन्छौं ।’

- Advertisement -

माओवादी केन्द्रले आन्दोलनरत शिक्षकलाई सडक नछोड्न पटक-पटक आग्रह गरेर वातावरणलाई उत्तेजित बनाएको उनको आरोप छ । प्रमुख प्रतिपक्षी दलले शिक्षक आन्दोलनलाई राजनीतिक रङ दिएको भन्दै उनले संसद्‍मा पनि यही विषय ल्याएर अप्ठ्यारो पार्ने र वार्ता निष्कर्षमा नपुगोस् भनेर बिथोल्न खोजेको आरोप लगाए ।

शिक्षकका जायज मागहरू पूरा गर्न सरकार गम्भीर रहेको भन्दै उनले वार्ता प्रक्रियामा व्यवधान नपुर्‍याउन समेत विपक्षी दलहरूलाई उनले आग्रह गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments