29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियभोलिसम्म निष्कर्षमा पुग्ने गरी महासंघसँग चरणवद्ध वार्ता जारी छ : कांग्रेस नेता...

भोलिसम्म निष्कर्षमा पुग्ने गरी महासंघसँग चरणवद्ध वार्ता जारी छ : कांग्रेस नेता महर RD Creation


काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षकहरूसँगको वार्ता माग सम्बोधनउन्मुख रहेको बताएका छन्।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्षहरू र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँग कुरा गर्दै कांग्रेसबाट शिक्षकका माग सम्बोधनमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका महरले सोमबार यताका पटक/पटकका वार्तापछि सरकार, संयन्त्र, राजनीतिक दल तथा शिक्षक नेता सहमतिनजिक पुगेका बताए।

‘आन्दोलनरत शिक्षक भोलिसम्म कार्यस्थल फर्किने गरी नेपाल शिक्षक महासंघसँगको वार्ता परिणाममुखी हुने गरी गृहकार्य भइरहेको छ,’ महरले भने। तत्काल पूरा गर्न सकिने मागलाई सहमति गरी आज-भोलि नै मन्त्रिपरिषद् बाट सम्बोधन हुने र विद्यालय शिक्षा ऐन जारीको अवधि निश्चित गर्ने तयारी भइरहेको महरले बताए।

- Advertisement -

‘कक्षा १२ को परीक्षा समयमै सुरु हुने गरी काम भइरहेको छ। नेपाल शिक्षक महासंघका प्राय एजेन्डा मन्त्रिपरिषद्‍बाट सम्बोधन हुने र शिक्षा ऐन यथासक्य छिटो पारित गर्ने प्रतिवद्धतासहित माग सम्बोधन गर्ने गरी गृहकार्य अगाडि बढिरहेको छ,’ उनले थपे।

शिक्षकको सम्मान हुने गरी शिक्षा भित्रका थुप्रै समस्या भोलिसम्म सम्बोधन हुने महरको दाबी छ। यसले शिक्षाभित्रको गतिरोध हटेर जाने विश्वाससमेत व्यक्त गरेका छन्। गुणस्तरिय शिक्षा प्राप्तिका लागि शिक्षक, विद्यार्थी, अभिभाक र सरकार सवैले आ-आफ्नो कर्तव्य पालना गर्नुपर्ने समेत महरले बताए।

यस्तै, सोमबार राति मन्त्रालयबाट निस्किँदै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले केही विषयमा छलफल भएको र केही छलफल आवश्यक रहेको बताएका थिए। यद्यपि शिक्षा ऐन जारी गर्न माग गर्दै २८ दिनदेखि शिक्षकले काठमाडौं केन्द्रित सडक आन्दोलनलाई जारी नै राखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments