25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियबस को ठक्कर बाट कुमारी आचार्यको घटनास्थलमै मृत्यु

बस को ठक्कर बाट कुमारी आचार्यको घटनास्थलमै मृत्यु

मोरङको कानेपोखरी गाउँपालिका-७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु र एक जना गम्भीर घाइते भएका छन्।

गोर्खा यातायातको बस झापाबाट धरानतर्फ जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिएका छन्।

मोटरसाइकलको पछाडि सवार उदयपुर बेलका नगरपालिका-४ की ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको छ। मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका-४ का ३५ वर्षीय हरि शर्माको अवस्था गम्भीर छ र उनलाई उपचारका लागि विराटनगर पठाइएको छ।

प्रहरीका अनुसार मृतक र घाइते दिदी-भाइ हुन्। प्रहरीले दुर्घटनापछि बस र चालकलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments