25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठबंगलादेशी नागरिकहरू सप्तरीको मस्जिदमा भेटिए

बंगलादेशी नागरिकहरू सप्तरीको मस्जिदमा भेटिए

भारत-पाकिस्तान बीच तनाव चलिरहेका बेला ६ जना बंगलादेशी नागरिक सप्तरीको एक मस्जिदमा भेटिएका छन्। सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका-३ भारदह स्थित रहमानीया जामे मस्जिदमा उनीहरू फेला परेका हुन्।

प्रारम्भिक जानकारी अनुसार, उनीहरू धर्म प्रचारको उद्देश्यले नेपाल आएको बताइएको छ। बंगलादेशको ढाकाबाट काठमाडौं हुँदै सप्तरी पुगेका यी व्यक्तिहरू मोरङ र सुनसरी हुँदै सप्तरी आइपुगेका थिए। उनीहरू ४ महिनाको लागि नेपाल आएको बताइएको छ।

स्थानीय प्रशासनले उक्त घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। क्षेत्रीय सुरक्षा संवेदनशीलताको दृष्टिकोणले यस घटनालाई नजिकबाट निगरानी गरिँदैछ।

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments