25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियफूलबारी मेलामा भक्तजनको घुइँचो - हाम्रो देश

फूलबारी मेलामा भक्तजनको घुइँचो – हाम्रो देश


सिरहा : नयाँवर्षका दिन मात्र फूल्ने माला आकारका सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न सिरहाको लहानस्थित पर्यटकीय क्षेत्र सलहेश फूलबारीमा आज मेला लागेको छ ।

नयाँ वर्षको अवसर पारेर प्रत्यक वर्ष वैशाख १ गते लाग्ने मेलामा यसवर्ष पनि बिहानैदेखि हजारौं भक्तजनको घुइँचो लागेको छ । लहान नगरपालिका–१२ र २२ मा पर्ने यस फूलबारी परिसरको सलहेशको मन्दिरअगाडि रहेको हारमको रुखमा यसवर्ष पनि सुनाखरी फूल फुलेको मेला समितिका अध्यक्ष जयकान्त चौधरीले जानकारी दिए।

उनका अनुसार करिब नौ बिघा क्षेत्रफलमा फैलिएको यस फूलबारीमा मेला भर्न नेपाल तथा भारतका विभिन्न राज्यबाट हजारौँ श्रद्धालूहरू पूजापाठ गर्न आउँछन् । भक्तजनको भीड व्यवस्थित गर्न स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरी सुरक्षा व्यवस्थापन चुस्त गरिएको अध्यक्ष चौधरीले जानकारी दिए।

- Advertisement -

उनले भने,“मेलालाई व्यवस्थित बनाउन स्वयंसेवक खटाउने, व्यापारिक ‘स्टल’ बनाउने र सहज रुपमा श्रद्धालुलाई पूजास्थलसम्म पुग्ने प्रबन्ध गरिएको छ । मेलालाई व्यवस्थित गर्न सयजना स्वयंसेवक खटाइएको छ, भने भीडलाई व्यवस्थित गर्न स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरिएको छ ।”

सलेहश गाथामा उल्लेख गरिएअनुसार सिरहाको महिसोथामा जन्मिएका लोक नायक सलहेश फूल टिप्ने र प्रणयस्थलको रुपमा यो फूलबारी रहेको मानिन्छ । आफ्नो क्षेत्रमा लोक नायकको रुपमा पुजिने राजा सलहेश र प्रेमिका मालिनीको प्रेम प्रतीकको रुपमा लिइने सुनाखरी फूलको माला हेर्न मानिसको भीड लाग्ने गरेको मन्दिरका पुजारी जीतेन्द्रसिंह धामीले जानकारी दिए । उनै १४औँ शताब्दीका राजा सलहेसको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाको सम्झनास्वरुप यहाँ प्रत्येक वर्ष वैशाख १ गते मेला आयोजना हुने गरेको छ ।

राजा सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको र चौधौँ शताब्दीका लोकनायक भएकाले सलहेशको पूजाअर्चना गर्नाले सन्तान प्राप्ति, चर्मरोग, कुष्ठरोगलगायतका समस्या हरण हुने जनविश्वाससमेत रहेको छ ।

नेपाल सरकारले यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न नयाँ पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिसकेको छ । तर पर्यटकको सङ्ख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन भने नसकिएको स्थानीय वीरेन्द्र चौधरीले बताए।

त्यसैगरी स्थानीय, प्रदेश तथा नेपाल सरकार र यस क्षेत्रमा क्रियाशील सरोकारवाला सङ्घ संस्थाले फूलबारी व्यवस्थापनका लागि एकीकृत गुरुयोजना बनाएर काम गर्नसके आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गरी व्यापारिक तथा धार्मिक दृष्टिले समुचित लाभ लिन सकिनेभएकाले यस क्षेत्रमा उचित ध्यान दिनुपर्ने उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष विकास सारडाको भनाइ छ ।

यस एतिहासिक धार्मिक क्षेत्रको संरक्षण र संवद्र्धनको लागि नेपाली सेनाले महत्वपूर्ण योगदान दिएको छ । राजा सलहेशहको इतिहास शिलालेखमा उतार्नुको साथै पैदलमार्ग नेपाली सेनाले बनाइदिएको छ ।

त्यसैगरी फूलबारी परिसरमा दुई शौचालय, चार स्थानमा खानेपानीको धारा र फोहर सङ्कलनको लागि ‘डस्टबिन’को व्यवस्थापन गरेको छ, तर सो व्यवस्थापन भक्तजनका लागि अपर्याप्त नभएको जन गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments