26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishफिदिममा चिया पर्यटन महोत्सव

फिदिममा चिया पर्यटन महोत्सव


Advertisement

Advertisement

Advertisement

- Advertisement -

Advertisement

पाँचथर– चियाको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाँचथर सदरमुकाम फिदिममा चिया पर्यटन महोत्सव जारी छ छ ।
दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा चियाका विभिन्न उत्पादनका स्टल राखिएको छ भने निशुल्क रुपमा चिया चाख्ने व्यस्था मिलाइएको थियो । महोत्सको चिया चिर्यस गरेर पूर्वगृह राज्यमन्त्री दिपक प्रकाश बाँस्कोटाले उद्घाटन गरेका थिए । महोत्सवमा आर्गानिक चिया, यसको बजारीकरण, अन्तराष्ट्रिय व्यापार र पर्यटन प्रवद्र्धनका विभिन्न विषयमा छलफल भएको थियो ।
फिदिमको विपि पार्कमा भईरहेको महोत्सवमा १५ वटा स्टल राखिएको आयोजक लालि चिया उत्पादक तथा प्रर्वद्धन सहकारी संस्थाका अध्यक्ष टंक राईले जानकारी दिए । चिया टेस्टिङ, चिया खरिद विक्रि समेत राखिएको छ । साथै पाँचथरको पर्यटन झल्काउने फोटो प्रर्दशनी गरिएको छ ।
उद्घाटन कार्यक्रममा केलाङ, साकेला, संगीनी लगायतका सास्कृतिक प्रस्तुती राखिएको थियो । पर्यटन र साहित्य विषयमा प्यानल डिस्कसन गरिएको थियो । महोत्सव सोमवार सकिने छ । महोत्सव पर्यटन कार्यालय काकरभिट्टा र फिदिम नगरपालीकाको सहकार्यमा आयोजना भएको हो

Advertisement

तपाईको प्रतिक्रिया

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Advertisement




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments