26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishप्रवासमा नेपाली समुदाय जोड्न मिडियाको भूमिका महत्त्वपूर्ण : राजदूत यादव

प्रवासमा नेपाली समुदाय जोड्न मिडियाको भूमिका महत्त्वपूर्ण : राजदूत यादव

अस्ट्रेलियाका लागि नेपालका राजदूत चित्रलेखा यादवले विदेशमा पनि नेपाली मिडियाले अग्रणी भूमिका निभाएको बताएकी छन्। उनले मिडियाले आफ्नो पेशाको मान र शान जोगाउन निष्पक्ष भएर कलम चलाउनुपर्नेमा जोड दिइन्।

राजदूत यादवले नेपाली मिडियाले समुदायलाई जोड्ने महत्त्वपूर्ण काम गरेको धारणा राखिन्।

सिड्नीमा वचन न्युजको वार्षिक उत्सव तथा कार्यालय उद्‍घाटन समारोहमा बोल्दै उनले समुदाय जोड्ने काममा मिडियाको महत्त्वपूर्ण योगदान रहेको बताइन्।

कार्यक्रममा नारायण प्रधान, अजय सिवाकोटी, सुरक्षा थापा रायमाझी, सुवास साह, मुन लुओ र जगत टमाटालाई सम्मान गरियो। राजदूत यादवले सम्मानपत्र प्रदान गरेकी थिइन्।

- Advertisement -

एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले पत्रकारिताले समाजलाई सचेत गराउनुपर्ने बताए।

नेपाल अस्ट्रेलिया पत्रकार सङ्घका अध्यक्ष कृष्ण तिवारीले सञ्चारमाध्यमको सत्य र निष्पक्ष सन्देश महत्त्वपूर्ण भएको धारणा राखेका थिए। एनआरएन ओसेनिया संयोजक दिनेश पोखरेल, तमु समाजका अध्यक्ष हेउपती गुरुङलगायतले शुभकामना दिए। 

प्रकाशित: ११ चैत्र २०८१ ०८:३३ सोमबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments