29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियप्रदीप ज्ञवालीको टिप्पणी– प्रचण्डको सत्ता अधीरता अचम्मलाग्दो

प्रदीप ज्ञवालीको टिप्पणी– प्रचण्डको सत्ता अधीरता अचम्मलाग्दो


काठमाडौँ : सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सत्ता अधीरता अच्चमलाग्दो रहेको टिप्पणी गरेका छन्। सामाजिक संजाल फेसबुकमा लामो स्टाटस राख्दै दिनदिनै सरकार ढल्न लाग्यो भन्ने गरेको पछिल्लो अभिव्यक्ति सातौं संस्करणको भएको उनको मत छ।

‘कामरेड प्रचण्डको सत्ता अधीरता अचम्म लाग्दो छ,’ ज्ञवालीले लेखेका छन्, ‘एकातिर कार्यकर्ताका बीचमा भन्नुहुन्छ– ‘हाम्रो पक्षमा २०६४ जस्तो लहर आइरहेको छ– २०८४ मा देखाइदिन्छौँ, अहिले त हामीलाई सरकारतिर हेर्ने फुर्सद पनि छैन। अर्कातिर हप्तैपिच्छे, महिनैपिच्छे सरकार आज ढल्यो, भोलि ढल्यो भन्ने भविष्यवाणी पनि गर्न छाड्नु हुन्न। भर्खरै त्यस्तै भविष्यवाणीको संभवतः सातौँ संस्करण सार्वजनिक भएको छ।’

‘हङ पार्लियामेन्ट’भित्र सङ्ख्या जुटाउनेले सरकार बनाउने र त्यो सामान्य नरहेको भन्दै उने आफ्नो पार्टी लोकप्रिय छ भन्ने लागेको छ भने अर्लि चुनाव माग गर्न समेत आग्रह गरेका छन्।

- Advertisement -

‘यति चाहिँ भनी हालूँ– आफ्नो पार्टी बलियो छ, लोकप्रिय छ भन्ने विश्वास भएकाहरुले अर्लि चुनाव माग्छन्,’ ज्ञवालीको भनाइ छ, ‘कतिबेला सरकार ढल्ला र कुँदिहालौंला भन्दैनन्। बुढापाकाहरु त्यसै भनेका होइनन् नि– खाना खाएपछि पानी खाने ठाउँ बाँकी राख्नु है नानी हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments