26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठप्रचण्डलाई प्रधानमन्त्रीको कटाक्ष : ऐनामा आफ्नै अनुहार हेरेर अरुलाई गाली गर्ने  

प्रचण्डलाई प्रधानमन्त्रीको कटाक्ष : ऐनामा आफ्नै अनुहार हेरेर अरुलाई गाली गर्ने  

काठमाडौँ, रिपोर्टिङ्: प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय छलफलका क्रममा विपक्षी नेताहरूलाई गाली-गलौज नगर्न आग्रह गरेका छन्। आइतवार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले यसो भने।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, *”आफूले गरेको जस्तै सोचेर अरुलाई गाली गलौज नगर्नुहोस्। आफैँ ऐना हेरेर आफ्नै अनुहार देखेर पनि गाली गर्ने काम नगर्नुहोस्।”*

उनले विपक्षी सांसदहरूले नीतिगत छलफलभन्दा पनि गाली-गलौजमा बढी ध्यान दिएको आरोप लगाए। *”विपक्षी दलका नेताज्यूहरूले टिप्पणीभन्दा पनि गाली गलौजको भाषा बोल्नुभयो। म त्यतापट्टि जान चाहिन। ऐना अगाडि राख्ने, ऐनामा हेर्ने अनि ‘यस्तो रैछस्, उस्तो रैछस्’ भनेर गाली गर्ने? त्यसमा मैले केही भनिरहन आवश्यक छैन। आफैँ ऐना हेर्ने, आफ्नै अनुहार देख्ने अनि अरुलाई गाली गर्ने? त्यसो नगरे हुन्थ्यो,”* उनले भने।

साथै, प्रधानमन्त्री ओलीले संसदमा सामाजिक सञ्जालका टिप्पणीहरू व्यक्त नगर्न पनि आग्रह गरे। उनको भनाइ अनुसार, संसद गम्भीर छलफल र रचनात्मक आलोचनाको स्थान हो, जहाँ नीतिगत विवादहरू मर्यादित भाषामा उठाउनुपर्छ।

यसअघि, विपक्षी दलहरूले सरकारको नीति तथा कार्यक्रममा आलोचनात्मक प्रतिक्रिया दिँदै संशोधन प्रस्तावहरू पेश गरेका थिए। तर, प्रधानमन्त्री ओलीले संसदीय बहसका नियम र संस्कृतिको पालना गर्न आह्वान गर्दै यस्तो व्यवहारलाई अनुचित ठहर्याए।

- Advertisement -

यसले संसदमा दुईतर्फी छलफलको माहौल बनाउन चुनौती रहेको देखाएको छ, जबकि सरकारले आफ्नो नीति तथा कार्यक्रम पारित गर्न विपक्षी सहयोगको आवश्यकता रहेको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments