26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियपोखरा जाँदै गरेको गाडी धादिङमा आइचरसँग ठोक्किँयो

पोखरा जाँदै गरेको गाडी धादिङमा आइचरसँग ठोक्किँयो


काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटमा भारतीय आइचरमा बोलेरो ठोक्किँदा एक जनाको ज्यान गएको छ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ३–०१–०२३ च ६५८ नम्बरको बोलेरो UP32TN4198 नम्बरको इण्डियन आइचर गाडीमा ठोक्किँदा बोलेरोमा सवार ललितपुरको बागमती गाउँपालिका–१ का ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक हमालका अनुसार दुर्घटनामा परि घाइते भएका थिङको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा उनको ज्यान गएको हो । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको थियो । उनको उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो। बोलेरोमा सवार पाँच जनामध्ये अन्य चार जना सकुसल रहेका छन्।

- Advertisement -

बोलेरोलाई ओभरट्याक गर्ने क्रममा खाल्टो देखेर आइचरले ब्रेक लगाउदा ठोक्किएको देखिन्छ। रातको समय र ठोक्किँदा सिसा फुटेका कारण क्षति भएको हुन सक्ने प्रहरी नायव उपरीक्षक हमालले बताए। इण्डियन आइचर चालक भारत उत्तर प्रदेश मोहमदपुर खलाका ४० वर्षीय  कमलेश कुमार यादवलाईे नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments