17.1 C
Kathmandu
Saturday, May 2, 2026
spot_img
HomeEnglishपाँचथरे माझ गुञ्जदै ‘दिपक बज्रचार्य र रिदम व्याण्ड’ , फिदिममा झुम्नेछ समर्थकहरु

पाँचथरे माझ गुञ्जदै ‘दिपक बज्रचार्य र रिदम व्याण्ड’ , फिदिममा झुम्नेछ समर्थकहरु


पाँचथर । युवा पुस्तामाझ लोकप्रिय गायक दिपक बज्रचार्य र रिदम व्याण्डले १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डेमा पाँचथरमा दर्शक नचाउने भएका छन् । फिदिम माबिको खेलमैदामा आयोजना हुन लागेको ‘सांगीतिक कार्यक्रममार्फत उनले त्यहाँका दर्शक नचाउने भएका हुन् ।
हेल्प टुर्गेदर फाउन्डेसनको आयोजनामा हुन लागेको कार्यक्रममा दिपक ब्रजचार्य र रिदम व्याण्डल आफ्ना लोकप्रिय करिब दर्जन गीत प्रस्तुत गर्नेछन् । १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन्स डे मा सबैलाई सांगीतिक मनोरञ्जन प्रदान गराने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक हेल्प टुर्गेदर फाउन्डेसनका सचिब नबिन बुढाथोकीले बताए ।

भोली हुन लागेको ‘ दिपक ब्रजचार्य र रिदम लाइभ कन्सर्ट’को सबै तयार पुरा भएको छ । हेल्प टुर्गेदर फाउन्डेसनको आयोजनामा चर्चित गायक र उनको साङ्गीतिक समूह रिदम व्याण्डसँगको सहकार्यममा भोली अपरान्ह ५ बजेदेखि ११ बजेसम्म फिदिममा आयोजना गर्न लागेको ‘ दिपक ब्रजचार्य र रिदम लाइभ कन्सर्ट’को सबै तयार पुरा भएको हो ।

‘हुनेले दिने नहुनेले लिने’ भन्ने नाराका साथ स्थापना भएको हेल्प टुर्गेदर फाउन्डेसनको बृहद साँस्कृतिक तथा फोटो प्रर्दशनी मेलाकारुपमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रियस्तरको ‘ दिपक ब्रजचार्य र रिदम लाइभ कन्सर्ट’ कार्यक्रम फिदिम माबिको खेलमैदानमा भोली ‘ दिपक ब्रजचार्य र रिदम व्याण्ड गुञ्जिँदै छ ।साढे दुई दशकअघिदेखि पपगायन र संगीत मार्फत उदाएका चर्चित गायक दिपक बज्रचार्य आफ्नो सांगीतिक समूह रिदम ब्याण्डसहित  प्रेम दिवशको साँझ फिदिम गुञ्जिँदै छ ।

आफ्नै साउण्ड इन्जिनीयर, संगीतकार तथा प्राविधिकहरुसहित फिदिममा ३ घण्टा लामो साँगेतिक प्रस्तुती दिने कार्यक्रम रहेको आयोजकले बताएका छन् । पछिल्लो गीत मनमगनबाट धेरै नै चर्चा कमाएका बज्राचार्यले आफ्ना नयाँ पुराना गीतहरु गाउनेछन् । काली काली हिस्सी परेकी…, ओ अमिरा…, समय.., कत्ति बस्छौ माईतीघरमा.., अँध्यारोमा.., मायाको डोरीले.., जाऊ फर्केर जाऊ.., म कुनै ऋतु हैन.., तिमीलाई भुलेको छैन.., नदुखेको मन जानी जानी…, झुमी झुमी…, सानी हुँदै मनमगनजस्ता थुप्रै हिट गीतहरुबाट फिदिमका दर्शक नचाउनेगरी बज्रचार्यको रिदम ब्याण्ड फिदिम आउन लागेको हेल्प टुगेदर पाँचथर अध्यक्ष सुसिल श्रेष्ठले जानकारी दिए ।

- Advertisement -

‘टिनएज, युथ तथा वल्ड जेनेरेशनलाई समेत दिपक बज्रचार्यको संगीतले नचाउने छ । यही अपेक्षाले उनलाई फिदिममा आमन्त्रण गरेका हौं ।’ श्रेष्ठले भने, ‘देश तथा विदेशमा समेत साँगेतिक प्रस्तुतीमा व्यस्त हुने उनको ब्याण्डलाई प्रदर्शनी मेलामा सस्तो टिकट दरमा हेर्न पाउनुनै यहाँका दर्शकका लागि फाइदा हो भन्ने हामीले ठानेका छौं ।’ गत वर्षमात्रै उनले बजारमा ल्याएको ‘काँचो माया…’बोलको गीतले डेढ करोड बढी भ्यूज बटुलेको छ । विशेष गरी उनले नेवारी धिमे बाजासहित विभिन्न साँगेतिक कार्यक्रमहरुमा दिने गरेका प्रस्तुतीले दर्शकको मन लोभ्याउने गरेको छ ।

कुनै समय साँगेतिक क्षेत्रमा छुट्टै पहिचान र उचाई छुन सफल उनी अहिले पनि साँगेतिक क्षेत्रमा उत्तिकै व्यस्त र महङ्गा कलाकारहरुको लिस्टमा पर्ने गर्दछन् ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments