25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठपाँचथरसहित यी जिल्लामा आज बाढीको जोखिम

पाँचथरसहित यी जिल्लामा आज बाढीको जोखिम


काठमाडौं । देशका केही सानाठूला नदीमा आज (असार १०) पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन झापा, इलाम, पाँचथर, संखुवासभा, धनकुटा, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, रौतहट, गोरखा, तनहुँ, कास्की, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, सल्यान, दैलेख, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली र कञ्चनपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिम औँल्याइएको छ । यी जिल्ला भई बहने केही साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

मोरङ, सुनसरी, ताप्लेजुङ, खोटाङ, सिरहा, धनुषा, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, रुकुम पूर्व, प्युठान, कपिलवस्तु, दाङ, रुकुम पश्चिम, जाजरकोट, कालीकोट, डोटी, अछाम, बझाङ र दार्चुला भई बहने केही साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने अनुमान छ ।

मंगलबार बिहानको मापनानुसार, कन्काई र यसका सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास छ । कोसी, कर्णाली, नारायणी, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको महाशाखाले जनाएको छ ।

- Advertisement -




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments