26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठपाँचथरमा भरुवा बन्दुक दुर्घटनामा एक जना युवकको मृत्यु

पाँचथरमा भरुवा बन्दुक दुर्घटनामा एक जना युवकको मृत्यु

चथर, पाँचथर: जिल्लाको फाल्गुनन्द नगरपालिका वडा नं. १ को जंगलमा भरुवा बन्दुक पड्किएर एक जना युवकको मृत्यु भएको छ। मंगलबार राति स्थानीय मनबहादुर सम्बाहाम्फेसँग भरुवा बन्दुक लिएर जंगल गएका ३३ वर्षीय सुन्दर सारुको पेटमा बन्दुक पड्किएर घाइते भएका थिए।

घटनाको सूचना पाइएपछि नवमीडाँडा प्रहरी चौकीबाट खटिएको टोलीले सारुलाई उद्धार गरी अस्पताल लगे तापनि चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका छन्। घटनास्थलमा सारुसँगै बन्दुक लिएर गएका सम्बाहाम्फेलाई बुधबार पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङले सम्बाहाम्फेलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको बताएका छन्। घटनाको सही कारण तथा सम्बाहाम्फेको संलग्नताको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments