20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठनेपाल कुवेत सरोकार समाजद्वारा आयोजना हुने भनिएको "New year eve 2077" कार्यक्रम...

नेपाल कुवेत सरोकार समाजद्वारा आयोजना हुने भनिएको “New year eve 2077” कार्यक्रम स्थगित।

आर डि क्रीएशन/ २९ मार्च, कुवेत। नेपाल कुवेत सरोकार समाज कुवेतद्वरा आगामी अप्रील १७ तारिक आयोजना हुने भनिएको “New year eve 2077” कार्यक्रम स्थागित भएको छ। सो कार्यक्रम नेपालका अत्यन्तै ख्यातिप्राप्त कलाकार प्रमोद खरेल र योजना पुरिको उपस्थितिमा कुवेतको ज्लिबस्थित नटिङ्घम ब्रीटिश इङ्लिस स्कुलको प्राङ्गणमा आगामी १७ अप्रीलको लागि तय भएता पनि कोरोना भाइरसको महामारीका कारण अर्को सुचना जारी नभएसम्मका लागि स्थगित भएको सरोकार समाज कुवेतका महासचिव दामोदर बटालाले आर डि क्रीएशनलाई जानकारी दिएका छन।

सरोकार समाज कुवेतले हरेक बर्ष कुवेतमा नेपाली नयाँ बर्षमा नेपाली ख्यातिप्राप्त अतिथी कलाकारको साथमा न्यु इयर सांगीतिक कार्यक्रम आयोजना गर्न्व गरेको थियो। यसपालि भने कोरोनाले विश्व आतंक मच्चाइरहेको र कुवेत सरकारले कोरिना रोकथामका लागि अपनाइएको उच्च सतर्कता सहित जारी गरेको सुचना, कर्फ्यु र सम्पुर्ण दर्शक तथा शुभचिन्तकहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै उक्त कार्यक्रम स्थगित गरिएको हो। महासचिव बटालाले यसप्रती पर्न दर्शक तथा शुभचिन्तकप्रती पर्न गएको असुविधाप्रती क्षमा माग्दै कोरोनाको प्रकोप हटेपश्चात यदि कार्यक्रम गर्न सकिने वातावरण बनेको खन्डमा अर्को सुचनाद्वारा जानकारी दिइने बताएका छन।

दिल कुमार पाख्रिन
दिल कुमार पाख्रिनhttps://news.kuwait-nepal.com
दिलकुमार पाख्रीन आर डि क्रीएशन अनलाइन डट कमको प्रधानसम्पादक हुन। उनले यो भन्दा पहिले परदेशी खबर डट कममा सहप्रधान सम्पादकको रुपमा र नेपालका केही राष्ट्रिय मिडियामा समेत रिपोर्टिङ गरिसकेका छन।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments