29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठनवलपुरमा मोटरसाइकल दुर्घटना: एकै परिवारका दुई दाजुभाइको मृत्यु

नवलपुरमा मोटरसाइकल दुर्घटना: एकै परिवारका दुई दाजुभाइको मृत्यु

काठमाडौं – नवलपुर जिल्लाको रिठेपानी सडक खण्डमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, कावासोती नगरपालिका-११ लोकाहा निवासी २४ वर्षीय ईश्वर दर्लामी र उनका २२ वर्षीय भाइ सागर दर्लामीको यस दुर्घटनामा ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक सुदिप पौडेलले दिएको जानकारी अनुसार, लु १३ प ७०२ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुवै जना मुण्डेबाट लोकाहातर्फ जाँदै गर्दा सवारी चालकले नियन्त्रण गुमाउँदा सडकको किनारमा रहेको कल्भर्टमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै दाजुभाइलाई तत्कालै उपचारका लागि डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको थियो। तर चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए।
प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments