29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishनतिजालाई खर्चमा होइन, उपलब्धिसँग दाँज्नुपर्छ: प्रमुख शाह

नतिजालाई खर्चमा होइन, उपलब्धिसँग दाँज्नुपर्छ: प्रमुख शाह

काठमाडौं महानगरपालिकाको प्रमुख बालेन्द्र शाह (बालेन) ले नतिजालाई खर्चमा नभई भौतिक उपलब्धिमा दाँजेर हेर्नुपर्ने बताएका छन्।

चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले खर्चमा मात्र नभई कामको प्रभावकारितालाई ध्यान दिनुपर्नेमा जोड दिए।

“पैसा खर्च गरे प्रगति हुने, खर्च नगरी काम गरे प्रगति नहुने विधि सच्याउनुपर्छ”, उनले भने, “महत्त्वपूर्ण कुरा भनेको नागरिकलाई दिनुपर्ने सेवा सहजै प्राप्त भएको छ कि छैन। तर्जुमा गरिएका कामको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन भन्ने हो। लक्षित कार्यक्रम प्रभावकारी कार्यान्वयन भएका छन् भने खर्च भएन भनेर गुनासो गर्नु पर्दैन।”

आन्तरिक राजस्व सङ्कलनका विषयमा भएको छलफलका क्रममा प्रमुख शाहले सार्वजनिक निकायले सञ्चालन गरेका व्यावसायिक क्षेत्रको करका विषयमा स्पष्ट पार्दै भने, “व्यवसाय सञ्चालन गरेपछि सबैले कर तिर्नुपर्छ। चाहे त्यो व्यक्ति होस्। निजी क्षेत्र होस् या सार्वजनिक निकाय होस्। यसमा कोही पनि दोधार हुनुपर्दैन ढुक्कले काम गर्दा हुन्छ।”

- Advertisement -



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments