23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishदेशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी छन्ः शेखर कोइराला

देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी छन्ः शेखर कोइराला

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन्।

आइतबार काठमाडौंमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सांसद कोईरालाले नेतृत्व तह नै विचौलियाहरुसँग मिल्दा देश विकासमा समस्या आइरहेको जिकिर गरे। उनले नेपाललाई समृद्ध बनाउन र नेपालमै गर्न सकिने भन्दै त्यसको लागि विचौलियाहरुबाट सचेत र शतर्क रहन जरुरी रहेको बताए।

उनले त्रिभूवन विश्वविद्यालयको उपकुलपतिबाट केशरजंग बरालले केही दिनअघि दिएको राजीनामाको बारेमा प्रसंग निकाल्दै विचौलियाकै कारण काम गर्न नसकेर राजीनामा दिनुपरेको बताए।

उनले भने, ‘आज हेर्नुस् केही दिन पहिला नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभूवन युनिभर्सिटीमा भिसीले रिजाइन गर्नुभयो । किनभने मलाई धेरै प्रेसर प¥यो । मैले सकिनँ भनेर भन्नुभयो । हामी सक्छौँ तर पटक पटक म एउटै शब्द प्रयोग गर्दैछु । विचौलियाहरु । हाम्रा नेतृत्वहरु विचौलियाहरुको खेलमा इन्भल्व हुनुहुन्छ । त्यो कारणले यो समस्या आइरहेको छ । नेपाललाई विकास गर्ने हो भने, नेपाललाई समृद्ध बनाउने हो भने तीन, चार वटा कुरामा हामीले ध्यान दिनुपर्छ । त्यसो गर्नसके नेपाललाई समृद्ध बनाउन सकिन्छ ।’

- Advertisement -

प्रकाशित: २४ चैत्र २०८१ १५:०४ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments