25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठदूतावासको उपस्थिति बिना नै अतिथी कलाकार निशान भट्टराई संगको सांगितिक धमाका सम्पन्न

दूतावासको उपस्थिति बिना नै अतिथी कलाकार निशान भट्टराई संगको सांगितिक धमाका सम्पन्न

दिलकुमार पाख्रीन/१५ जुन, कुवेत। अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेतको आयोजनामा अक्षय कोष स्थापनार्थ अतिथी कलाकार नेपाल आइडल सिजन एकका द्वितीय निशान भट्टराईको साथमा हिजो शुक्रबार ज्लिबको सेन्ट्राल इन्डियन स्कुलको हलमा सम्पन्न भएको छ। आयोजक संस्थाका अध्यक्ष सोम रसाइलिको सभापतित्व एवं एन आर एन ए कुवेतकी अध्यक्ष सुमित्रादेवी पौडेलको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो। प्रमुख अतिथिको लागि नेपाली दूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारिलाइ निमन्त्रणा पत्र पठाए पनि दूतावासबाट प्रतिनिधि समेत उपस्थित नभएको कारण एन आर एन ए कुवेतकी अध्यक्ष सुमित्रादेवि पौडेललाइ प्रमुख अतिथिको रुपमा आसनग्रहण गराएर कार्यक्रम सम्पन्न भएको थियो। सम्पन्न सो कार्यक्रम तितोपाटी डटकमका पत्रकार प्रसाद तिमिल्सिना र भुवन सुवेदिले संयुक्त रुपमा सञ्चालन गरेका थिए।

नेपाली दूतावासबाट कुवेतमा सक्रीया दर्जनौँ संस्थाहरुले गरेको हरेक सकारात्मक क्रीयाकलापमा सक्रीय रुपमा सहकार्य एवं उपस्थिती जनाउँदै आएको विगतलाइ यो कार्यक्रमको अनुपस्थितिले दूतावास र नेपाली समाजबिचको दूरी बढेको वा नेपाली संघ संस्थाद्वारा गरिने विभिन्न खाले कार्यक्रम बहिस्कार गरेको हो भन्ने शंक उपसंकाको सिर्जना भएको छ। त्यसो त पछिल्लो समयमा नेपाली समाज प्रती नेपाली दूतावास अलि फरक तरिकाबाट प्रस्तुत भैरहेको महसुस कुवेत स्थित नेपाली समाजले गरेका छन।

दिउँसो एक बजे भनिएको कार्यक्रम तीन बजे मात्र सुरु भएको थियो। तर कार्यक्रम भनेकै समयमा सुरु नभएको यो पहिलो पटक भने होइन। नेपाली संस्थाहरुले हरेक हप्ता जस्तै आयोजना गर्ने कार्यक्रम तोकिएको समय भन्दा दुई तीन घन्टा सम्म अवेर सुरु हुने गर्दछन।

निहा राइले उपस्थित सबै दर्शक पाहुनाहरुलाइ स्वागत मन्तव्यबाट स्वागत गर्दै औपचारिकता पाएको कार्यक्रममा सुजन केसि, कुमार झापाली, सुमित्रदेवी पौडेल, हरिकृष्ण न्यौपाने, अमृत तामाङ लगाएतले निक्कै छोटो छोटो मन्तव्य राखेका थिए।

कार्यक्रमलाई प्रमुख अतिथी, सभापति एवं समाजका केही बुद्धिजीवी ब्यक्तित्वहरुले पानसमा दिप प्रज्ज्वालन गर्दै केक काटेर उद्घाटन गरेका थिए।

- Advertisement -

कुवेतमा निक्कै गर्मि बढेको छ। पछिल्लो एक हप्तामा कुवेतमा गर्मिका कारण दुई जना इजिप्सियन नागरिकको मृत्यु भएको कुवेतका स्थानिय मिडियाहरुले समचार छापेका छन। त्यस्तो चर्को गर्मीमा पनि कार्यक्रममा नेपाली दर्शकहरूको उपस्थिति राम्रै देखिन्थ्यो। निशान भट्टराईले पहिलो पटक स्टेजमा चढ्दा खासै दर्शकको मन खिच्न नसके पनि दोस्रो पटक भने उनका चर्चित गीतहरुले दर्शकहरुलाइ भरपुर मनोरञ्जन दिलाए। उनका आफ्नै र स्रस्टाहरुको केही गरि दर्जनौ गीतहरुमा दर्शकलाइ छम छमी नचाएका थिए। उनले गाएका झन्डै आधा दर्जन गीतहरुम्क दर्शकको “वान्स मोर” पाए।

विजय धामी
विजय धामीhttps://news.kuwait-nepal.com
बिजय धामी नेपालका एक स्वतन्त्र पत्रकार हुन्। उनी लामो समयदेखि नेपाली मिडियामा सक्रिय छन् र विशेषगरी टेलिभिजन पत्रकारिताको क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको छ। यसरी बिजय धामी आजका नेपाली पत्रकारिता क्षेत्रका अग्रणी र अनुभवी पत्रकारहरू मध्ये एक हुन्।
RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments