15.1 C
Kathmandu
Saturday, May 2, 2026
spot_img
Homeअन्तर्राष्ट्रियदुई कम्पनीको ५६ लाख २९ हजार कित्ता शेयर सूचीकृत

दुई कम्पनीको ५६ लाख २९ हजार कित्ता शेयर सूचीकृत



काठमाडौं ।  आइतवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको कुल ५६ लाख २९ हजार ६७२ दशमलव १०४ कित्ता शेयर सूचीकृत भएको छ ।

डिप्रोक्स लघुवित्तको १६ लाख २० हजार ८८७ दशमलव १३३६ कित्ता र हिमालयन डिष्टीलरीको ४० लाख ८ हजार ७८४ दशमलव ९७ कित्ता गरेर कुल ५६ लाख २९ हजार ६७२ दशमलव १०४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउने भएका छन् । 

- Advertisement -

डिप्रोक्स लघुवित्तले पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशमलव ५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले शून्य दशमलव ५० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

त्यस्तै हिमालयन डिष्टीलरीले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । सो सभाले ५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments