19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियदाङमा खुल्यो जापान पढ्न जानेका लागि स्काई बृज « Postpati –...

दाङमा खुल्यो जापान पढ्न जानेका लागि स्काई बृज [फोटोफिचर] « Postpati – News For All


बैशाख १, तुलसीपुर । दाङको तुलसीपुरमा जापान पढ्न जान चाहानेहरुका लागि नयाँ व्यवस्थापनका साथ स्काई बृज एबोर्ड स्टडी प्रालि संचालनमा आएकाे छ।

नयाँ बर्षको अवसर पारी सोमबार एक कार्यक्रमका बिच ९० बर्षीय बेद प्रसाद वलीले उक्त प्रालिको उदघाटन उद्घाटन गरेका हुन् ।

कन्सलटेन्सी संचालक अरुण चन्दले जापान जान चाहाने विद्यार्थीलाई मध्यनजर गरेर तुलसीपुरमा नयाँ कन्सल्टेन्सी खोलेको बताए । चन्दका अनुसार अब जापानका विभिन्न शहरहरुमा रहेका कलेजहरुमा सजिलै अप्लाई गर्न मिल्ने छ । उनले विचमा पढाई छोडेका, ५/६ वर्ष बिचमा ग्याप भएकाले समेत जापानमा अप्लाई गर्न मिल्ने बताए ।

अर्का सन्चालक डम्मर राज वलीले जापानमा लामो समय बसेर आएका अनुभवी जापानीज भाषा शिक्षकहरुबाट कलास र आवश्यक सल्लाह र सुझाव दिने बताए । वलीका अनुसार ग्रुप मिलाएर आएको खण्डमा विशेष छुटका साथ पढाइदेखि जापान जाँदासम्म भिषा लागेपछि विद्यार्थीले बुझाउने रकममा समेत केही छुटकाे व्यवस्था रहेको छ।

- Advertisement -

उद्घाटन कार्यक्रममा शुभकामना दिँदै रेशम प्रकाश मल्ल, कमल प्रकाश हमाल,प्रेम प्रकाश मल्ल, निशान क्षेत्री,खड्क विक,अनुजा कुँवरलगायतले युवाहरु स्वदेशमै व्यवसायमा जोडिनु राम्रो कुरा भएको बताएका थिए ।

उक्त प्रालिको अफिस तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित सल्यानरोड कर कार्यलयको अपोजिटमा रहेको छ ।


124