23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठतपाईंको क्षेत्र बाढी-पहिरोको जोखिममा छ कि ? भाइबरबाटै यसरी लिनुहोस् मौसम अपडेट

तपाईंको क्षेत्र बाढी-पहिरोको जोखिममा छ कि ? भाइबरबाटै यसरी लिनुहोस् मौसम अपडेट


काठमाडौँ । मौसम सम्बन्धी आधिकारिक सूचना समयमै प्राप्त गर्न जल तथा मौसम विज्ञान विभागले भाइबर कम्युनिटीमा सहभागी हुन सर्वसाधारणलाई अनुरोध गरेको छ । मनसुन सुरु भएसँगै बाढी, पहिरोजस्ता प्राकृतिक विपद्को जोखिम बढेकाले सतर्कता अपनाउन विभागले नागरिकलाई मौसमको पूर्वानुमान तथा जानकारी लिन भाइबरमार्फत सम्पर्कमा रहन आग्रह गरेको हो ।

विभागले भाइबर कम्युनिटी ग्रुपमार्फत मौसम पूर्वानुमान, सतर्कता सन्देश, तथा अन्य सम्बन्धित सूचनाहरू नियमित रूपमा सार्वजनिक गर्दै आएको छ । उक्त कम्युनिटी ग्रुपमा तल दिइएको क्यूआर कोड स्क्यान गरेर वा यहाँ क्लिक गरेर सहभागी हुन सकिने छ ।

यसैबिच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि नागरिकलाई बाढी, पहिरो र अन्य सम्भावित विपद्का बेला तत्काल सम्पर्क गर्न सकिने आपतकालीन नम्बरहरू सुरक्षित राख्न अनुरोध गरेको छ । प्राधिकरणका अनुसार यी नम्बरहरू नि:शुल्क कल गर्न सकिने र आपतकालीन समयमा उपयोगी हुने भएकाले कण्ठ पारेर वा सुरक्षित स्थानमा टिपोट गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस्ता छन् नि:शुल्क आपतकालीन नम्बरहरू:

- Advertisement -
  • विपद् आकस्मिक हेल्पलाइन – ११४९
  • बाढी तथा पहिरो हेल्पलाइन – ११४१
  • बाढी तथा पहिरो इन्फोलाइन – ११५५
  • नेपाल विद्युत् प्राधिकरण हेल्पलाइन – ११५०
  • नेपाल प्रहरी – १००
  • अग्नि सेवा – १०१
  • एम्बुलेन्स सेवा – १०२
  • ट्राफिक प्रहरी – १०३
  • बालबालिका हराएको खबर गर्न – १०४ वा १०९८
  • महिला हेल्पलाइन – ११४५
  • नेपाल रेडक्रस हटलाइन – ११३०

प्राधिकरणले विपद् जोखिम न्यूनीकरणका लागि नागरिक सतर्क र तयार रहनुपर्नेमा जोड दिएको छ । साथै, प्राधिकरणले विपद्का बेला सहायताका लागि यी नम्बरहरूमा सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।

 




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments