29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishडडेल्धुरामा जिपबाट खसेर महिलाको मृत्यु

डडेल्धुरामा जिपबाट खसेर महिलाको मृत्यु

जिल्लाको अमरगढी नगरपालिका–८ डकलेमा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा अमरगढी नगरपालिका–८ की २६ वर्षीया निर्मला भूल रहेकी प्रहरीले जनाएको छ।

आज दिउँसो जिल्ला सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जिपबाट ओर्लिने क्रममा खसेर गम्भीर घाइते भएकी भूलको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी उपेन्द्रबहादुर बमले जानकारी दिए।

जिपसहित प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: १७ चैत्र २०८१ २२:५० आइतबार

- Advertisement -



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments