
दार्चुला : दार्चुलामा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
नौगाड गाउँपालिका-५ सौकेबगडमा टिप्परको ठक्करबाट स्थानीय ५५ वर्षीय हरसिंह ऐरीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार नौगाडको सौकेबगडबाट होपरीगाड गइरहेको बा. ३ च. २३९९ नम्बरको टिप्परले आइतबार दिउँसो ठक्कर दिँदा ऐरीको घटना स्थलमै मृत्यु भएको हो ।


टिप्पर चालक संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ७ का २४ वर्षीय सुरज तमाङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक छतबहादुर रावतले बताए। घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0





