26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियज्ञानेन्द्रको असंवैधानिक कार्यलाई अनदेखा गर्नु ‘सरकारको लज्जास्पद मौनता’ : एमाले नेता थापा

ज्ञानेन्द्रको असंवैधानिक कार्यलाई अनदेखा गर्नु ‘सरकारको लज्जास्पद मौनता’ : एमाले नेता थापा


काठमाडौं : नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले आफूखुसी ‘श्री ५ महाराजधिराज’ को नाममा सन्देश जारी गर्नु संविधानविपरित र गैरकानुनी रहेको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्रले तेल दिँदा नखाने र कोल चाट्ने मुर्खता गरिरहेको उनको टिप्पणी छ । पूर्वराजा ज्ञानेन्द्रले जालसाजी, नक्कली ओहदा धारणको प्रचारबाजीलगायत गैरकानुनी कार्य गर्दैआएको तथ्य प्रथम दृष्टिमै स्पष्ट रहेको नेता थापाले बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले संविधानको धारा २७४, मुलुकी अपराध संहिता, २०७४ को दफा ३३, ३४ र ३५, दफा ५० राजद्रोह (१) र (३) , दफा ६० को ४(ख), दफा ६१, दफा २७६ को २ (ख) र दफा २७९ सहित सम्बन्धित कानुनी प्रबन्धको धज्जी उडाइरहेको नेता थापाको दाबी छ । यस प्रकारको असंवैधानिक र गैरकानुनी कार्य व्यवहारलाई देख्दै नदेख्नु वा अनदेखा गर्नुलाई उनले ‘सरकारको लज्जास्पद मौनता’ भनेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्ः

- Advertisement -

तेल दिंदा नखाने, कोल चाट्ने मुर्ख । पूर्वराजाले आफूखुसी “श्री ५ महाराजधिराज” को नाममा सन्देश जारी गर्नु संविधानविपरित र गैरकानुनी कार्य हो।यसमा उनले कृत्ये, जालसाजी,नक्कली ओहदा धारणको प्रचारबाजीलगायत गैरकानुनी कार्य गर्दै आएको तथ्य प्रथम दृष्टिमै स्पष्ट छ। बीबीसीका अनुसार उनले २०७९ सालदेखि आफूलाई “श्री५ महाराजधिराज” का रूपमा नक्कली पगरीमा प्रस्तुत गरिरहेका देखिन्छन्। संविधानको धारा २७४ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ३३,३४ र ३५, दफा ५० राजद्रोह (१)र(३), दफा ६० को ४(ख), दफा ६१, दफा २७६ को २(ख) र दफा २७९ सहित सम्बन्धित कानुनी प्रबन्धका कसुरको धज्जी उडाएर यसप्रकारको असंवैधानिक र गैरकानुनी कार्य/व्यवहारलाई देख्दै नदेख्नु वा अनदेखा गर्नु त्यसयताका सरकारहरूको लज्जास्पद मौनता हो!

ज्ञानेन्द्र शाहले संवैधानिक राजसंस्था बलियो बनाउन भुमिका खेल्नसक्ने बेला २०५९ र २०६१ सालमा दाजु वीरेन्द्रजस्तो टुलुटुलु हेरेर नबस्ने भाषण गर्दै निरंकुश राजतन्त्र थोपर्ने कोसिस गर्दै हिंडे, संविधानविपरितका कु गरे । देशमा अहिले जनताले संघर्ष गरेर स्थापित गरेको गणतन्त्र छ, यसमा उनी संवैधानिक राजसंस्थाको सपना दिउँसै देखिरहेका छन्। “तेल दिंदा नखाने कोल चाट्ने” भन्ने भनाइ यिनकै मुर्खता र दुर्बुद्दिका निम्ति बनेको हुनुपर्छ।

सरकारले “श्री ५ महाराजधिराजका संवाद सचिव” भनेर ज्ञानेन्द्र शाहका सन्देश जारी गर्ने व्यक्ति र स्वयं पूर्व राजा हाल नागरिक ज्ञानेन्द्र शाहलाई यश विषयमा संविधान र कानुनले चिन्ने भाषा सम्झाउने, सचेत गराउने र अटेरी वा त्यसपछि पनि उल्लंघन गरे कारबाहीको दायरामा तान्न र कारबाही गर्न अविलम्ब कदम चाल्नुपर्दछ। सानालाई ऐन, ठूलाठालुलाई मनपरी गर्ने छुट दिनुहुँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments