23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियजेठको दोस्रो हप्तासम्म धैर्य गर्नुस्, हाम्रो आन्दोलन सफल हुन्छ : जगमान गुरुङ

जेठको दोस्रो हप्तासम्म धैर्य गर्नुस्, हाम्रो आन्दोलन सफल हुन्छ : जगमान गुरुङ


काठमाडौं : राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले जेठको दोस्रो हप्तासम्म आफूहरूको आन्दोलन सफल हुने बताएका छन्।

आज काठमाडौंमा राजावादी युवाको प्रतिबद्धता सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘श्रीमान् ज्ञानेन्द्रले जनताको नासो जनतालाई सुम्पेँ भनिबक्सेको हो। यो राज्य दलको रहेछ त ? यो त जनताको रहेछ। यो दलको होइन, जनताको नासो हो। जनतालाई नै सुम्पेको हो। राजा र जनताको बीचमा कुनै निकाय छैन, दल छैन। अब हाम्रो आन्दोलन धेरै टाढा जाँदैन। जेठको तेस्रो हप्तासम्म धैर्य गर्नुस्, हाम्रो आन्दोलन सफल हुन्छ,’ उनले भने।

- Advertisement -

उनले थपे, ‘मञ्चमा भाषण गरेर मात्रै हुँदैन। मुहुर्त आउनुपर्छ, जेठको दोस्रो हप्ता हाम्रो अभिष्ट सिद्धी हुन्छ। अभियान सफल हुन्छ। जनताको नासो जनतालाई सुम्पिबक्सेको छ। अब जनताले रक्षा गरेर बस महाराज भनेर फेरि सुम्पिने हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments