25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishजापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्नेलाई १० वर्षको जेल सजाय

जापानका पूर्व प्रधानमन्त्रीमाथि पाइप बम फ्याँक्नेलाई १० वर्षको जेल सजाय

जापानका पूर्व प्रधानमन्त्री फुमियो किशिदालाई सन् २०२३ मा पाइप बमले मार्ने प्रयास गरेको आरोपमा बुधबार एक व्यक्तिलाई १० वर्षको जेल सजाय सुनाइएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ। 

चुनाव प्रचारका क्रममा घरेलु विस्फोटक पदार्थले गरिएको आक्रमणमा किशिदालाई कुनै क्षति भएको थिएन्। घटनास्थलबाटै २५ वर्षीय आरोपी र्‍युजी किमुरा पक्राउ परेका थिए। 

पश्चिमी जापानमा भएको यो घटना सन् २०२२ जुलाईमा पूर्वप्रधानमन्त्री शिन्जो आबेको चुनाव प्रचारका क्रममा भएको हत्याको एक वर्ष पनि नबित्दै भएको थियो। 

वाकायामा जिल्ला अदालतले किमुरालाई हत्याको प्रयास गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाएको जिजी प्रेस र सार्वजनिक प्रसारक एनएचके लगायत सञ्चारमाध्यमले बताएका छन्। 

- Advertisement -

आसाही शिम्बुन दैनिकका अनुसार न्यायाधीशले अदालतमा किमुराले ‘लोकतन्त्रको आधारशिला मानिने निर्वाचन भाषणको स्थलमा यो कार्य गरेको’ भनेका छन्। 

अभियोजनकर्ताहरूले १५ वर्षको सजायको माग गरेका थिए। किमुराले किसिदालाई मार्ने अभियोग अस्वीकार गरेकाले उनको प्रतिरक्षा टोलीले तीन वर्षसम्म जेल सजायको तर्क गरेको थियो। 

अदालतका प्रवक्ताले यी रिपोर्टहरूको पुष्टि गर्न सकेनन्। आक्रमणपछि प्रहरीले किमुराको घरमा गरेको खानतलासीमा शङ्कास्पद बारुद, पाइप जस्ता वस्तुहरू र औजारहरू फेला परेका थिए। 

एनएचकेका अनुसार सुनुवाइका क्रममा किमुराका वकिलहरूले उनको ‘उद्देश्य (सार्वजनिक) ध्यान आकर्षित गर्नु थियो’ भन्दै उनको आरोप हत्या प्रयास नभई ‘चोट पुर्‍याउने’ हुनुपर्ने तर्क गरेका थिए। 

तथापि अभियोजकहरूले यो घटनालाई ‘दुर्भावनापूर्ण आतङ्कवादी कार्य’ भन्दै आक्रमणकारीलाई आफ्नो विस्फोटक घातक भएको थाहा थियो भनेका छन्। 

पहिलेका रिपोर्टहरूका अनुसार किमुराले एक पटक राजनीतिक उम्मेदवारहरूको न्यूनतम उमेर र राष्ट्रिय कार्यालयका लागि उम्मेदवार बन्न कम्तीमा ३० लाख येन (१९,७०० डलर) आवश्यक पर्ने प्रावधानलाई चुनौती दिँदै मुद्दा दायर गरेका थिए। 

जापानी कानूनअनुसार माथिल्लो सदनको चुनावका लागि उम्मेदवारहरू ३० वर्ष वा सोभन्दा माथिको हुनुपर्छ भने संसद्को तल्लो सदनमा उम्मेदवार बन्न न्यूनतम उमेर २५ वर्ष तोकिएको छ। एएफपी

प्रकाशित: ७ फाल्गुन २०८१ १४:०८ बुधबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments