26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeगृहपृष्ठगृहमन्त्री लेखक: निजामती सेवा विधेयकका मतान्तरहरू सहमतिबाट टुङ्ग्याइने

गृहमन्त्री लेखक: निजामती सेवा विधेयकका मतान्तरहरू सहमतिबाट टुङ्ग्याइने

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले सङ्घीय निजामती सेवा विधेयकअन्तर्गत कुलिङ पिरियडको अवधि र सेवा उमेर हदमा देखिएको मतान्तरलाई सहमतिबाट टुङ्ग्याउने बताएका छन्।
आइतबार सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले “सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०” मा यी दुई मुद्दाबाहेक अन्य सबै विषयमा सहमति भइसकेको बताए।
लेखकका अनुसार, कुलिङ पिरियड राख्ने कुरामा सहमति छ, तर यसको अवधि निर्धारण गर्न बाँकी छ। त्यसैगरी सेवाको उमेर हद हाल ५८ वर्षबाट ६० वर्ष पुर्‍याउने विषयमा सहमति भए पनि यसलाई एकैपटक बढाउने वा चरणबद्ध रूपमा कार्यान्वयन गर्ने भन्नेमा केही मतभेद रहेको छ।
“कुलिङ पिरियड राख्ने भन्ने कुरामा विवाद छैन, अवधि कति हो भन्ने कुरा भएकोले त्यसलाई धेरै नजिक आएको मान्नुपर्छ,” गृहमन्त्री लेखकले भने। “सेवाको उमेर हद पनि ५८ बाट ६० गर्ने भन्नेमा हाम्रो विवाद छैन। कसरी चरणबद्ध गर्ने हो भन्ने भएको हुनाले सारभूत विषयमा हाम्रोबिचमा मतान्तर छ भन्ने लाग्दैन।”
गृहमन्त्रीले विधेयक पारित गर्दा सहमतिमै पारित गर्नुपर्ने पद्धति र परम्परा रहेको उल्लेख गर्दै यसलाई पनि सहमतिमै टुङ्ग्याउने जिकिर गरे। उनले थप भने, “हाम्रो परम्परा पनि छलफलबाटै सहमतिमा टुङ्ग्याउने हो। परिपक्व कानून र त्यसको ठिक कार्यान्वयनका लागि सहमति टुङ्ग्याउनु उचित हुन्छ।”
लेखकले विधेयकको प्रस्तुतकर्ता सरकार भएकोले सदनबीच सहमति भएमा विधेयक परिपक्व हुने र कार्यान्वयनमा पनि सहजता हुने कुरामा जोड दिए।

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments