23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglishकांग्रेस महामन्त्री गगन थापालाई पञ्चेबाजासहित स्वागत

कांग्रेस महामन्त्री गगन थापालाई पञ्चेबाजासहित स्वागत

नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई नेपालगन्जमा पञ्चेबाजासहित स्वागत गरिएको छ।

नेपालगन्ज विमानस्थलमा ठुलो संख्यामा उपस्थित भएका नेता तथा कार्यकर्ताले उनलाई शनिबार दिउँसो स्वागत गरेका हुन्।

नेपाली कांग्रेस निकट पेसागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्याट्रिक लयर्स एसोसिएसनले आयोजना गरेको ‘संविधान संशोधन: आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न उनी नेपालगन्ज आइपुगेका हुन्।

महामन्त्री थापालाई नेता तथा कार्यकर्ताले पञ्चेबाजा सहित विमानस्थलदेखि मोटरसाइकल र्‍यालीले भेरी प्राविधिक शिक्षालयसम्म पुर्‍याएका थिए। सो क्रममा नेता तथा कार्यकर्ताले नारा लगाएका थिए।

- Advertisement -

आगामी महाधिवेशनमा पार्टी सभापति लड्ने घोषणा गरेका महामन्त्री थापा र नेता डा. शेखर कोइरालाले जिल्ला जिल्लामा आफ्नो सक्रियता बढाएका छन्। दुवै नेताको पक्षमा शक्ति प्रदर्शन गर्ने गरिएको छ।

प्रकाशित: १७ फाल्गुन २०८१ १४:४३ शनिबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments