19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियएमसीसी पनि ९० दिनका लागि स्थगित

एमसीसी पनि ९० दिनका लागि स्थगित



काठमाडौं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)अन्तर्गतका परियोजना पनि ९० दिनका लागि स्थगित गरिएको छ । 

अर्थमन्त्रालयले मंगलवार (आज) जारी गरेको प्रेस विज्ञप्तिमा एमसीसीले यही फागुन २ गते इमेलमार्फत उक्त परियोजना ९० दिनका लागि स्थगित गरेको जानकारी दिएको उल्लेख छ । 

- Advertisement -

उक्त परियोजना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा तत्कालका लागि स्थगन गरिएको बताइएको छ । 

यसअघि ट्रम्पकै कार्यकारी आदेशमा अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग (यूएसएआईडी)का परियोजना ९० दिनका लागि स्थगित गरिएका थिए ।


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments