23.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियएनसेलले शुरु गर्‍यो भोवाईफाई, आईफोनबाट सेवाको शुरुआत

एनसेलले शुरु गर्‍यो भोवाईफाई, आईफोनबाट सेवाको शुरुआत

काठमाडौं । आफ्ना ग्राहकहरूलाई वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको शुरुआत गरेको छ । 

नयाँ प्रविधिमा आम उपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयास स्वरूप एनसेलले यो सेवा सञ्चालनमा ल्याएको हो ।

- Advertisement -

यो सेवाले ग्राहकहरूलाई कुनै पनि भरपर्दो वाईफाई इन्टरनेट प्रयोग गरि स्पष्ट सुनिने एचडी भ्वाइसमा कल गर्न, आगमन कल उठाउन र एसएमएस आदानप्रदान गर्न सक्षम बनाउने एनसेलले जनाएको छ । 

वाईफाई कलिङ्का नामले पनि चिनिने भोवाईफाई सेवा कमजोर मोबाइल नेटवर्क सिग्नल भएका स्थानहरू जस्तै घर अथवा ठूला विल्डिङ्का बेसमेन्टहरू र दुर्गम स्थानहरुमा सेवा लिन समेत प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । हाललाई यो सेवा आईफोन ८ र त्यसमाथिका आईफोन मोडेलहरूमा उपलब्ध रहेको एनसेलले जनाएको छ ।

कम्पनीका अनुसार उक्त सेवा लिनका लागि अतिरिक्त शुल्क लाग्ने छैन । ग्राहकहरूले विद्यमान भ्वाइस र एसएमएस सेवाको शुल्कमा नै यो सेवा लिई कमजोर मोबाइल नेटवर्क भएका स्थानमा पनि विस्तारित नेटवर्क कभरेजको फाइदा लिन सक्नेछन् । 

ग्राहकहरुलाई मोबाइल नेटवर्क समस्या भएका इनडोर अथवा बेसमेन्टजस्ता स्थानहरूमा समेत सेवा प्रदान गर्नका लागि फोरजीको परिपूरक प्रविधिको रूपमा भोवाईफाई सेवा सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । 

चाडै नै यो सेवा सामसङ, शाओमी, ओपो र भीभोलगायतका अन्य ब्रान्ड तथा मोडेलहरूमा पनि विस्तार गर्ने योजना एनसेलको छ । 

एनसेलले आफ्नो फोरजी नेटवर्क देशको ९४ प्रतिशत जनसंख्यालाई कभर गर्ने गरी विस्तार गरिसकेको छ । 

भोवाईफाई सेवा चलाउन मिल्ने मोबाइल सेट भएका ग्राहकहरूले एनसेल एप डाउनलोड गरी एपमार्फत यो सेवा एक्टिभेट गनुपर्ने हुन्छ । त्यस पश्चात ग्राहकले कुनैपनि भरपर्दो वाईफाईमार्फत भोवाईफाई सेवाको फाइदा लिन सकिने कम्पनीले जानकारी दिएको छ । 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments