26.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रियउपरथीमा पदोन्नति भएका महरालाई दर्ज्यानी चिह्न प्रदान RD Creation

उपरथीमा पदोन्नति भएका महरालाई दर्ज्यानी चिह्न प्रदान RD Creation


काठमाडौं : नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी मानबहादुर महरालाई आज प्रधानसेनापति महारथी अशोकराज सिग्देलले जंगी अड्डामा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

उपरथी महरा हाल संयुक्त राष्ट्रसंघको लेबनानस्थित यूएनआईएफआईएल मिसनमा डेपुटी फोर्स कमाण्डरको जिम्मेवारीमा कार्यरत छन् ।प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी मनोज थापा र महासेनानी अर्जुन बस्नेतलाई सहायक रथी दर्जा र प्रमुख सेनानी ब्रजेश महर्जनलाई महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे ।

कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारको उपस्थिति थियो ।

- Advertisement -

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments