
काठमाडौं । ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेस प्लेटफर्म इनड्राइभले सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँगको सहकार्यमा चालक र यात्रुका लागि दुर्घटना बीमाको शुरुआत गरेको छ ।
उक्त सम्झौतापत्रमा इनड्राइभ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ रीता पोखरेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार दुर्घटनाका कारणले चालक तथा यात्रुहरुको मृत्यु भएमा रु. ८ लाख, पूर्ण स्थायी अशक्तता भएमा रु. ८ लाख एवं दुर्घटनाको कारणले औषधोपचार गर्नु परेको अवस्थामा रु. ८० हजार भुक्तानी गरिनेछ । नाबालिक यात्रुहरुको हकमा बीमा गरिएको रकमको ५० प्रतिशत रकम क्षतिपूर्ति दिइनेछ ।




