17.1 C
Kathmandu
Friday, May 1, 2026
spot_img
HomeEnglishअमेरिकामा लुकेका नेपालीलाई हत्कडी लाउँदा अपमान हुन्छ, सरकारले फिर्ता ल्याउनुपर्छ: केसी

अमेरिकामा लुकेका नेपालीलाई हत्कडी लाउँदा अपमान हुन्छ, सरकारले फिर्ता ल्याउनुपर्छ: केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लुकीछिपी बसेका नेपालीलाई अमेरिकाले अमानवीय ढङ्गले डिपोर्ट गर्नसक्ने अवस्था देखिएकाले उनीहरूलाई सरकारले नै फिर्ता ल्याउनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन्। 

‘विश्वको जुनसुकै कुनामा बसेको भएपनि बिना भेदभाव, समानता, स्वतन्त्रता र मानवीय मर्यादा सबै नागरिकहरूले उपभोग गर्न पाउनुपर्ने मानव अधिकारको विश्वव्यापी घोषणापत्रको आधारभूत भावना हो,’ अध्यक्ष एवं सांसद केसीले भने। ‘अमेरिकाले भारतीय नागरिकलाई हातखुट्टामा नेल, जन्जिर र हतकडी लगाएर उनीहरूको मर्यादाको ठाडो उलङ्घन गरेर स्वदेश फिर्ता(रिपोर्ट) गर्ने कार्यले पश्चिमाहरूले दुहाई दिँदै आएको मानवअधिकारको धज्जी उडेको छ।’ 

भारतीय नागरिकलाई हातखुट्टामा नेल, जन्जिर र हतकडी लगाउनु अमेरिकाको घोर अमानवीय र मानवअधिकार विरोधी हर्कत भएको केसीले आरोप लगाए। ‘नेपालका कैयौँ नागरिक लुकिछिपी बसेका समाचार आउने गरेका छन्। नेपाली नागरिकलाई पनि मानवअधिकार हनन हुने गरी अमेरिकाद्वारा नेल, हतकडी र जन्जिर लगाएर अमानवीय तरिकाबाट फिर्ता पठाउने नहोस् भनेर अहिलेदेखि नै सचेत हुनुपर्ने आवश्यकता छ,’ उनले भने। 

यस विषयमा समयमा ध्यान नदिएमा विश्व समुदायमा नेपालको प्रतिष्ठामा आँच आउन सक्ने केसीले बताए । उनले भने। ‘यदि अमेरिकामा गैह्र कानुनी ढङ्गबाट नेपाली लुकिछिपी बसेका छन् भने नेपाल फिर्तीका लागि आवश्यक वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गराउँदछु ।’

- Advertisement -

प्रकाशित: ४ फाल्गुन २०८१ १३:३८ आइतबार



RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments