20.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
HomeEnglish२०८१ सालमा वाणिज्य बैंकको शेयर मूल्य : एनआईसी एशियाबाहेक सबैको बढ्यो

२०८१ सालमा वाणिज्य बैंकको शेयर मूल्य : एनआईसी एशियाबाहेक सबैको बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजारमा वाणिज्य क्षेत्रका १९ कम्पनी सूचीकृत रहेका छन् । 

बैंक तथा वित्तीय क्षेत्रका कम्पनीहरूमध्ये वाणिज्य समूहका कम्पनीको शेयर मूल्यमा आउने उतारचढावले समग्र बजारलाई बढी प्रभाव पार्ने गरेको देखिन्छ । पूँजीका हिसाबमा बलिया मानिने वाणिज्य बैंक समूहका कम्पनीहरूको २०८१ सालमा एक कम्पनीबाहेक सबैको शेयर मूल्य वृद्धि भएको देखिन्छ । 

- Advertisement -

२०८० चैत मसान्तसम्मको शेयर मूल्यसँग २०८१ चैत मसान्तसम्मको शेयर मूल्य तुलना गर्दा एनआईसी एशिया बैंकको प्रतिकित्ता १९ रुपैयाँ ५० पैसाले शेयर मूल्य घटेको देखिन्छ भने अन्य १८ कम्पनीको शेयर मूल्य बढेको देखिन्छ । २०८० चैत मसान्तसम्म प्रतिकित्ता ३९५ रुपैयाँ रहेको एनआईसी एशिया बैंकको शेयर मूल्य २०८१ चैत मसान्तसम्ममा प्रतिकित्ता ३७५ रुपैयाँ ५० पैसा कायम भएको हो ।

यो वर्ष नेपाल एसबिआई बैंकको शेयर मूल्य प्रतिकित्ता १३६ रुपैयाँ ५० पैसाले सर्वाधिक बढेको छ । २०८० चैत मसान्तसम्म प्रतिकित्ता २८४ रुपैयाँ ५० पैसा रहेको नेपाल एसबिआई बैंकको शेयर मूल्य २०८१ चैत मसान्तसम्म प्रतिकित्ता ४२१ रुपैयाँ कायम भएको हो । 

मूल्यका हिसाबमा हेर्ने हो भने ५०० रुपैयाँभन्दा बढी मूल्य भएका वाणिज्य बैंकहरू दुईओटा मात्र छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिकित्ता ६२९ रुपैयाँ १० पैसा र एभरेष्ट बैंकको प्रतिकित्ता ६०६ रुपैयाँ ३० पैसा शेयर मूल्य कायम भएको छ । त्यस्तै ४०० रुपैयाँभन्दा बढी मूल्य भएको कम्पनी दुई ओटा र ३०० रुपैयाँभन्दा माथि शेयर मूल्य भएका कम्पनी पनि दुईओटा नै छन् । ४०० रुपैयाँभन्दा बढी मूल्य हुने कम्पनीहरूमा नबिल बैक र नेपाल एसबिआई बैंक छन् भने ३०० रुपैयाँभन्दा बढी मूल्य भएका कम्पनीहरूमा भने एनआईसी एशिया बैंक र सानिमा बैंक छन् । 

नबिल बैंकको शेयर मूल्य प्रतिकित्ता ४८७ रुपैयाँ १० पैसा र नेपाल एसबिआई बैंकको शेयर मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ कायम भएको हो । यीबाहेक बाँकी वाणिज्य बैंकहरूको शेयर मूल्य भने ३०० रुपैयाँभन्दा तल र २०० रुपैयाँभन्दा माथि छ । 

२०८१ सालको अन्तिम दिन र २०८१ सालको अन्तिम दिनको नेप्से परिसूचक तुलना गर्ने हो भने यो वर्ष बजार ३१ दशमलव ४० प्रतिशत उकालो लागेको देखिन्छ । नेप्सेका अनुसार २०८० चैत मसान्तमा नेप्से परिसूचक २ हजार २५ दशमलव ७० विन्दुमा बन्द भएको थियो भने २०८१ चैत मसान्तसम्म नेप्से परिसूचक २ हजार ६६२ दशमलव शून्य ८ विन्दुमा बन्द भएको हो । बढेको बजारमा यो वर्ष वाणिज्य बैंकका लगानीकर्ताको सम्पत्ति मूल्य पनि बढेको हो ।

कम्पनीको नाम   २०८१ चैत मसान्तसम्मको शेयर मूल्य रु.  २०८० चैत मसान्तसम्मको शेयर मूल्य रु. फरक मूल्य रु
नेपाल एसबिआई बैंक  421 284.5 136.5
स्ट्यान्डर्ड चार्टर्ड बैंक  629.1 524.9 104.2
एभरेष्ट बैंक  606.3 505 101.3
एनएमबि बैंक  251 177.1 73.9
कृषि विकास बैंक 298 227 71
कुमारी बैंक  205.7 137.7 68
लक्ष्मी सन्राइज बैंक  218 152.2 65.8
प्रभु बैंक  207.2 142 65.2
सानिमा बैंक  301 237.9 63.1
सिद्धार्थ बैंक  284.5 224 60.5
प्राइम कमर्सियल बैंक  249.4 190 59.4
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक  211.1 156.2 54.9
सिटिजन्स बैंक  210 159 51
माछापुच्छ्रे बैंक  226 175.1 50.9
नबिल बैंक  487.1 438 49.1
हिमालयन बैंक  230 184 46
नेपाल बैंक  250 212.5 37.5
ग्लोबल आइएमई बैंक 218.6 182 36.6
एनआईसी एशिया बैंक  375.5 395 -19.5

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

 

RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments