25.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रिय१७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर « News of Nepal

१७ जना घाइते, चालक र सह-चालकको अवस्था गम्भीर « News of Nepal


काठमाडौं ।

काठमाडौंबाट रामेछाप तर्फ जाँदै गरेको बस काभ्रेमा दुर्घटना भएको छ।

अरनिको यातायातको प्रदेश ३, ००१–००५ ख ९९४२ नम्बरको बस आज बिहान धुलिखेल नगर पालिका १० सारादा बतासेस्थित विपि राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

आफैँ अनियन्त्रित भई सडकको नालीमा पल्टिएर बस दुर्घटना हुँदा बसमा सवार चालक र सह–चालकसहित१७ जना घाइते भएका हुन्।

- Advertisement -

उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा २४ जना यात्रु सवार रहेका थिए। घाइतेहरूमध्ये चालक र सह–चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments