
गाजापट्टी : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा लडाईं जारी राख्नुको विकल्प नभएको बताएका छन् । हमासलाई पूरै ध्वस्त पारेर बन्धक बनाइएकाहरूलाई रिहा नगरिएसम्म अनि गाजाबाट इजरायललाई खतरा नरहेको सुनिश्चित नभएसम्म युद्ध जारी रहने शनिबार उनले बताएका हुन् ।
इरानले कहिल्यै पनि आणविक हतियार नपाओस् भन्ने कुरा आफूले सुनिश्चित गर्ने पनि उनले दोहोर्याए । नेतान्याहूमाथि आफ्नै देशमा अनेकौँ स्तरमा दबाब बढिरहेको छ । गत महिना युद्धविराम भङ्ग भएपछि बन्धकका परिवार, उनीहरूका समर्थक र पूर्व इजरायली सैनिकहरूले युद्धको निरन्तरतामाथि प्रश्न उठाइरहेका छन् ।


इजरायलले युद्धविराम जारी राखे बापत हमासलाई आधा बन्धकहरूको रिहाइको प्रस्ताव गरेको थियो । तर हमासले पछिल्लो प्रस्ताव अस्वीकार गरेको छ ।

४८ घण्टामा ९० जनाको मृत्यु
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला ४८ घण्टामा इजरायलले गरेको आक्रमणमा परेर ९० भन्दा बढीको मृत्यु भएको छ । अस्पतालका कर्मचारीका अनुसार रातभर इजरायली आक्रमणमा बालबालिका र महिलासहित १५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो





