19.1 C
Kathmandu
Wednesday, April 29, 2026
spot_img
Homeअन्तर्राष्ट्रियसिद्धिमंगल महालक्ष्मीकै उत्कृष्ट मावि

सिद्धिमंगल महालक्ष्मीकै उत्कृष्ट मावि


काठमाडाैं।

ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले स्थानीय पालिकाहरूमा महालक्ष्मी नगरपालिका शैक्षिक क्षेत्रको विकासमा देशकै अग्रणी पालिकाका रूपमा स्थापित भइसकेको धारणा व्यक्त गरे । सामुदायिक विद्यालयतर्फ शिक्षकहरूको सक्रिय सहभागिता, कुशल व्यवस्थापन तथा नेतृत्व, स्थानीय निकायको सहयोग एवं विद्यालयको विगतका वर्षहरूमा प्राप्त नतिजाजस्ता सूचकांकहरूलाई आधार मानेर गरिएको मूल्यांकनका आधारमा यस्तो नतिजा आएको कुरा उनले दाबी गरेका हुन् । महालक्ष्मी ६ सिद्धिपुरमा अवस्थित सिद्धिमंगल माविको स्थापनाको ६९औं वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

यसै गरी नगर उपप्रमुख लक्ष्मी महर्जनले महालक्ष्मी नगरको अग्रणी शैक्षिक संस्थाका रूपमा रहेको सिद्धिमंगल मावि महालक्ष्मी नगरपालिकाकै उत्कृष्ट माविका रूपमा स्थापित भएकोमा विद्यालयलाई थप शैक्षिक उन्नयनको कामनासहित शुभकामना दिए । माघ २८ र २९ गरी दुई दिन आयोजित कार्यक्रममा पहिलो दिनको कार्यक्रमका प्रमुख अतिथिका रूपमा उनले उक्त कुरा बताएका हुन् ।

विद्यालयका प्रधानाध्यापक मीनबहादुर अछामीले सबैको सकारात्मक सोच र सक्रियताकै एवं कुशल नेतृत्वकर्ता सबैको सामूहिक प्रयासकै कारण महालक्ष्मी नगरकै उत्कृष्ट विद्यालय बनेकोमा सम्पूर्ण अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति एवं सम्बन्धित सरोकारवालाहरूलाई धन्यवाद दिए ।

- Advertisement -

विद्यालयले विविध क्षेत्रमा विशिष्ट योगदान पु¥याउने पूर्व शिक्षक, बहालवाला शिक्षक एवं कर्मचारी तथा अभिभावकलाई सम्मान गरेको थियो भने विद्यालयले स्थापना दिवसका अवसरमा पालिका क्षेत्रका सामुदायिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरी विजेताहरूलाई पुरस्कार वितरण गरेको थियो ।

यसै गरी विद्यालयमा सम्पन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरूलाई प्रशंसापत्र, मेडल, प्रमाणपत्र तथापुरस्कार वितरण गरिएको थियो । समारोहमा सबै जाति भाषा एवं संस्कृतिको प्रतिनिधित्व गर्ने गरी विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम गीत र नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक भरतमणि तिमिल्सिनाले गरेका थिए ।




RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments