
काठमाडौं : आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ ।
खेल मुलपानी क्रिकेट मैदानमा शनिबार बिहान ९ बजेबाट सुरु हुँदैछ । आजको यो खेल विश्वकप छनोटका लागि निर्णायक हुनेछ । पछिल्ला ३ वटै खेलमा जित निकालेका दुवै टोलीलाई विश्वकपमा छनोट हुन यो खेल जित्नैपर्ने हुन्छ ।


यो खेलमा जो विजेता हुन्छ, उहीँ टोली सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकपमा छनोट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो





