29.1 C
Kathmandu
Tuesday, April 28, 2026
spot_img
Homeअन्तर्राष्ट्रिययी ७ काम गरे नेपाल हट्न सक्छ ‘ग्रे लिस्ट’बाट

यी ७ काम गरे नेपाल हट्न सक्छ ‘ग्रे लिस्ट’बाट



काठमाडौं । नेपालले ‘ग्रे लिस्ट’बाट हट्नका लागि सातओटा सुधारका काम गर्नुपर्ने देखिएको छ । 

फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ)ले आफ्नो वेबसाइटमार्फत नेपालको राजनीतिक तहबाट भएका प्रतिबद्धता सार्वजनिक गर्दै ती काम गरेमा  नेपाल उक्त सूचीबाट हट्न सक्ने बताएको हो । 

- Advertisement -

एफएटीएफको शुक्रबार सम्पन्न पूर्ण बैठकले नेपाललाई ‘ग्रे लिस्ट’मा राखेको थियो । उसले नेपाललाई ‘ग्रे लिस्ट’बाट हट्न सातओटा काम गनुपर्ने बताएको हो । 

एफएटीएफ सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय हो ।

यी सुधार गरे नेपाल हट्न सक्छ ‘ग्रे लिस्ट’बाट

१. सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापको जोखिमको बुझाइमा सुधार गर्ने ।

२. वाणिज्य बैंकहरू, उच्च जोखिम भएका सहकारी संस्थाहरू, क्यासिनो, बहुमूल्य धातु तथा रियल स्टेट क्षेत्रको जोखिम–आधारित अनुगमन सुधार गर्ने ।

३. आर्थिक समावेशीकरणलाई बाधा नपुर्‍याई अवैध वित्तीय कारोबार तथा हुन्डी प्रदायकहरूको पहिचान गरी कारबाहीलाई सुनिश्चित गर्ने ।

४. सम्पत्ति शुद्धीकरण अनुसन्धानमा संलग्न निकायहरुसँगको समन्वयमा सुपरीवेक्षणमा क्षमता बढाउने ।

५. सम्पत्ति शुद्धीकरण अनुसन्धान तथा अभियोजनको संख्या वृद्धि गर्ने ।

६. जोखिमको प्रकृतिअनुसार आतंकवादी क्रियाकलापबाट आर्जित सम्पत्ति तथा साधनहरूको पहिचान, निगरानी, जफत तथा रोकथाम गर्ने ।

७. आतंकवाद र जनसंहारका लागि वित्तीय साधनहरूको नियन्त्रण सम्बन्धी लक्षित वित्तीय प्रतिबन्ध प्रणालीमा रहेका प्राविधिक अपूर्णताहरूलाई सम्बोधन गर्ने ।

नेपालले यी सुधार गर्न नसकेमा आगामी दुई वर्षपछि कालोसूचीमा पर्न सक्ने जोखिम रहेको जानकार बताउँछन् । 


RELATED ARTICLES
- Advertisment -spot_img

Most Popular

Recent Comments